पुनर्वासका शिक्षक तथा नेकपाका नेता हड्खलेको निधन

हेल्लो समाचारदाता

पुनर्वास, ३ माघ –
बि.स.२०५८ साल देखि तत्कालीन नेकपा माओवादी निकट शिक्षक संगठनमा आवद्ध भइ निरन्तर शिक्षा र राजनीति दुवैलाई संगसँगै अँगााल्दै आउनु भएका शिक्षक तथा नेकपाका नेता अम्मर राज हडखलेको निधन भएको छ ।
केही समय देखि अस्वस्थ रहनुभएका शिक्षक तथा नेकपाका नेता हड्खलेको उपचारका क्रममा बिहिवार राती साढे दुई बजे नेपालगन्ज स्थित कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

बि.स. २०२२ साल श्रावण २२ गते चितवन जिल्लामा बुवा भवराज हड्खले र आमा छवि कुमारी हड्खलेका कोखबाट कान्छो छोराको रुपमा जन्मनु भएका शिक्षक तथा नेकपाका नेता हड्खलेले पुरै जीवन शिक्षा र राजनीतिमा समर्पित गर्दै आएका थिए ।

मृतक हड्खलेको पार्थिव शरीरलाई उहाँको निवासबाट उनी अध्यापन गराउने पुनर्वास-२ स्थित अरनिको आधारभुत बिधालयको प्राङ्गणमा पुर्‍याई अन्तिम संस्कारका लागि दोदा आर्यघाटमा लगिएको थियोे ।

आर्यघाटमा उनको पार्थिव शरीर माथी नेकपा कंचनपुरका अध्यक्ष विरबहादुर थापा ,जिल्ला सदस्य तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा ,नेकपा सुदुरपश्चिम प्रदेश सदस्य रामचन्द्र नेपाल ,नेकपाका नगर कमिटी अध्यक्ष पदम पुजारा ,नेकपाका सचिव गंगा तामाङ , जिल्ला सदस्यहरु कञ्चन गिरि , दान बहादुर शाही सहितका नेताहरुले नेपाल कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेता हडखलेको पार्थिव शरीरमा झण्डा ओढाउदै जिल्ला कमिटी अध्यक्ष विरबहादुर थापाले आफ्नो र पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शैक्षिक क्षेत्रमा मात्रै नभई देशको आमूल परिवर्तनमा पनि उहाँले निकै ठूलो योगदान गरेको जानकारी दिए । उहाँको निधनले सिंगो नेकपा पार्टी शोकमा डुबेको बताए ।

स्वर्गीय हड्खले अरनिको आधारभुत बिधालयका निवर्तमान प्रधानाध्यापक तथा कार्यरत शिक्षक पनि हुन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.