नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको सचिवमा रुपेश खरेल सर्वसम्मत चयन

हेल्लो समाचारदाता

पुनर्वास । नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा त्रिभुवनबस्तिको सम्पन्न निर्वाचनमा सर्वसम्मत रुपबाट सचिवमा रुपेश खरेल चयन भएका थिए भने सभापतिमा युवराज सुयल सहितको पुरै प्यानल बिजयी भएको थियोे ।


मंगलबार सम्पन्न भएको निर्वाचनमा पुर्व सचिव युवराज सुयलले १ सय २५ मत प्राप्त गरेर सभापतिमा निर्वाचन हुनुभएको हो ।
त्यस्तै वहाका प्रतिद्वन्द्वी निवर्तमान सभापति बिष्णुभक्त पौडेलले ८७ मत प्राप्त गरेर पराजित हुनुभएको थियोे । त्यसैगरी उपसभापति का लागि निर्मला पोख्रेलले १ सय २३ मत प्राप्त गरिन भने प्रतिद्वन्द्वी श्रीमाया गुरूङले ८२ मत प्राप्त गरिन ।
त्यस्तै कोषाध्यक्ष मा कल्पना श्रेष्ठ , सहसचिवमा नवीन तिमिल्सिना , सहकोषाध्यक्षमा चण्डीप्रशाद सुवेदी पनि निर्विरोध चयन भएका छन ।

त्यस्तै सदस्य पदका लागि सबैभन्दा अत्यधिक मत मित्रसिंह लामाले १ सय ४१ मत प्राप्त गरेका छन भने सदस्य पदका लागि प्रतिद्वन्द्वी हरि अधिकारीले ९७ मत प्राप्त गरेका छन त्यसैगरि गौरब शर्माले १ सय ४० र वहाका प्रतिद्वन्द्वी नारायण प्रशाद अर्यालले ८८ मत प्राप्त गरेका छन ।
अर्का सदस्य रामनारायण कडेलले १ सय ३९ मत प्राप्त गरि विजयी भएका छन भने प्रतिस्पर्धी यम प्रशाद जैशिले ८० मत प्राप्त गरेका छन त्यसतै टेक थापाले १ सय ३२ मत प्राप्त गरेका छन ।

 

सोमबार उपशाखा पुनर्वासको सभापति बिष्णुभक्त पौडेलको सभापतित्वमा २० अौ साधारणसभा सम्पन्न गरेको थियो भने चुनावि साधारणसभाले सहमतिका अाधारमा नयाँ समिति चयन गर्न नसकेपछि मंगलबार प्रजातान्त्रिक मान्यतालाई अवलम्बन गरि निर्वाचन प्रक्रिया मा सहभागी भएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा मन्त्री तथा प्रमुख निर्वाचन अायुक्त मधु बोहराले जानकारी दिनुभयो । कुल २ सय ९६ मत मध्ये २ सय १४ मत खसेको थियोे ।
नवनिर्वाचित पदाधिकारीलाई मंगलवार नै प्रमाणपत्र प्रदान गरिएको थियोे ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.