भ्रमण बर्ष २०२० मनाउन नेपाल सबैभन्दा उत्तम

 

तेज बहादुर डुम्रेल      दिपायल ,डोटी

नेपाल भ्रमण बर्ष २०२० देशभर एकैसाथ अाैपचारिक रुपले थालनी भएको छ । सात वटै प्रदेशका सरकारले भव्य रुपले उद्वघाटन भएकोले विगतमा भन्दा यो बर्ष उपलब्धि बढी हुने अपेक्षा गरिएको छ ।

हिउँमा रमाउदै लेखक डुम्रेल

२० लाख बढी पर्यटन नेपाल भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।यो महत्त्वपूर्ण एवम् महत्त्वाकाक्षि लक्ष्य अति उत्तम छ ।लक्ष्यमा पुग्न सरकारलाई हामी सबैले अा-अाफनाे ठाउँबाट सहयोग गर्नु पर्ने हुन्छ ।

यस महान अवसरलाई सदुपयोग एवम् सकारात्मक रुपले लिन सक्यौं भने उपलब्धि हासिल हुनेछ । नेपालित्व झल्काउने अवसर पनि भएकोले अवसरबाट सबैले फाइदा लिन सकिन्छ ।

सुदुर तथा मध्यपश्चिमेलिहरुको हुड्केली

स्वागत सत्कार गर्ने अवसर नै ठूलो अवसर हाे । नेपाली संस्कारका कारणले पनि बाह्य पर्यटनहरु नेपाल अाउन रुचाउँछन् ।हामीसँग विविध खालका सामाजिक एवम् सास्कृतिक परम्परागत मान्यता छन् । नेपालीहरु पाहुनालाई भगवान् पनि मान्ने गर्छन् ।

वास्तवमा पाहुनालाई भगवान मान्नु पनि पर्छ ।नेपालीपन एवम् संस्कारका कारण नेपाल विश्वमा फरक पहिचान बनाउन सफल भएको छ । नेपालमा शुभारम्भसंगै नेपाली संस्कारलाई अझै विश्वका घर घरमा पुर्‍याउन उनलाई नेपालका घर घरमा ल्याउन सक्यौं भने मात्रै हामी सफल हुन सक्छौं ।

नेपालमा ईस्वि सम्वतकाे शुभारम्भसंगै नेपाल भ्रमण बर्ष २०२० समेत देशभर एक्कै साथ शुरुआत भएको छ । अाफैमा खुशीकाे खबर हो ।करिब १ बर्ष नेपालीको मुख्य पहिचानको रुपमा रहेको पाहुनालाई स्वागत गर्ने पद्धति लागू गर्ने बेला अाएकाे छ ।विमानस्थलबाट पाहुना झरे लगत्तै हामीले अाफनाे पहिचानकाे रुपमा रहेको पाहुनालाई स्वागत गर्ने पद्धति लागू गर्ने बेला अाएकाे छ ।

ढकमक्क हिउँ

विमानस्थलबाट झरेदेखि बस्ने ,खाने र घुम्ने र अाफनाे देशसम्म फर्किन्जेल पर्यटकका सत्कारलाई निकै महत्त्वका साथ लागु गर्नकाे लागि सबैले अाफनाे क्षेत्रबाट सहयोग गर्नुपर्ने बेला अाएकाे छ ।नेपाली भुगाेल कतै ग्रामीण त कतै सुगम पनि छ ।त्यसैले विशेष गरि मुख्य कुरा ग्रामीण क्षेत्रमा हुने समस्या समाधानका लागि सबै युवा तथा स्थानीय तह पनि जुटेर अघि बढनु पर्ने बेला अाएकाे छ ।

खासगरी हाम्रो परम्परा संस्कृति संरक्षणका लागि बिशेष अवसर र चुनाैति हाम्रो सामु छ । त्यसकारण बढी भन्दा बढी पर्यटक भित्र्याउने वातावरण नागरिक स्तरबाट भए सुनमा सुगन्ध हुनेछ ।किनकि सरकारले मात्रै चाहेर सबै उपलब्धि हासिल हुन सक्दैनन् सरकारका सकारात्मक सबै कदमहरुलाई हामीले रातदिन नभनेर जुटे मात्र भ्रमण बर्षले सार्थकता पाउनेछ । सबैले अा-अाफनाे क्षमता अनुसार स्वागत सत्कार गर्नुपर्नेछ ।

कर्तव्यबोध भए मात्र यो महाअभियान सफल हुनेछ ।ठूलो बजार पर्यटनबाट मात्र सम्भव देखिन्छ । भएको चिजबिजले स्वागत गर्ने हो ।जस्तैः गाउँका दाजुभाइलाई बजारका खाने कुरामा बढि रुचि हुन्छ ।बजार मन पर्छ तर बजारका मान्छेलाई गाउँका अर्गानिक खानेकुरा मन पर्छन् ,बजारका धुलाम्य वातावरण भन्दा हिजोआज गाउँमा हिमपातले भरिएका डाडाहरु मन पर्छन् ।हिउमा रमाउन १/२ दिनका लागि गाउँ/गाउँ पुग्छन् ।गाउँका परम्परागत वातावरणमा तस्बिरहरू खिचाउने गर्छन् ।

ती तस्बिरहरू सामाजिक संजालमा सजाउन भ्याउछन ।त्यसै गरि अाफनाे देशमा बस्ने पर्यटकहरु नेपाल जस्तो मुलुक रुचाउँछन् किनकि पछिल्लो समय एक विश्व चर्चित पत्रिका अनुसार नेपाल भ्रमणका विश्वकाे सबैभन्दा उत्तम भनी दिएको छ,त्यसकारण पनि प्रचार विश्वमै फैलिएर पर्यटकहरु बढी भन्दा बढि अाउन सक्नेछन् ।यहीँ माैकामा हामीले अान्तरिक तयारी भव्य गर्नुपर्नेछ ।बर्ष भरिकाे कार्य योजना बनाउन सकेपछि त्यसलाई व्यवहारमा उतार्न सबै तहका सरकारले साझा संयन्त्र बनाएर अाजदेखि नै अघि बढनु पर्नेछ । किनकि नेपाल अशान्त वातावरण पनि छ‌ैन ।नेपाल विश्वकै सभ्य देश हो परिचय दर्शाउन अाज नै अाफैबाट थालनी गर्नु अाम नेपालीकाे परम कर्तव्य हो ।सरकारले यो गरेन,त्यो गरेन भनेर टिप्पणी गर्ने बेला होइन ।

सरकारलाई यसरी सहयोग गर्ने कि उसरि सहयोग गर्ने कि भनेर साेच्ने बेला हो । किनकि नकारात्मक साेचलाई सकारात्मक साेच बनाउने न कुनै हामीसँग जादुकाे लटठी छ न कुनै अाैषधि ।देशको ईज्जत् सबैभन्दा ठूलो कुरा हो ।इज्जत जाेगाउन सबै रातदिन नभनेर जुटेको खण्डमा भ्रमण बर्ष सफल ठूलो कुरा होइन ,किनकि हामीले जे खान्छाै ,त्यो पाहुनालाई राम्रोसँग पस्केर दिने हो ।सफाचट घरमा तथा हाेम स्टेमा राख्ने हो ।एक थुकि सुकि ,सय थुकि नदि नदि भने जस्तै सबै हामी राष्ट्रिय सवाल तथा स्वागतमा हामी एकजुट भयौं भने उपलब्धि हासिल हुनेछन् ।

सम्भावना भएको ठाउँमा पर्यटकलाई पुर्‍याउन सबैले लाग्न जरुरी छ ।केही कमि कमजोरीलाई अान्तरिक छलफलकाे माध्यमबाट समाधान गर्न सबै संचारमाध्यम तयार हुनुपर्छ ।कतिपय मिडियामा अाउने तथा अनलाइनमा अाउने खराब खबरले पनि भ्रमण बर्षमा भइरहेका उपलब्धिलाई नकारात्मक काेणले लेख्ने गरेका छन् ।यस्तो गरिनु हुदैन ।मुख्य उपलब्धिलाई जगेर्ना गर्नु नै ठूलो हो ।  अतिथि देव भव: भनाइमा केन्द्रित रहि सबैले अा-अाफनाे तह ,क्षेत्र ,भुगाेल र समाजबाट जुटेर असम्भव भन्ने छैन ।भाेलि भन्ने होइन ,अाजकाे काम अाजै गराै ।

लेखक : भ्रमण बर्ष सफल मनाउन सुदुर पश्चिम स्तरीय पर्यटन प्रवर्दन समिति सदस्य हुन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.