साना किसान कृषि सहकारी संस्था कालिकाको साधारणसभा सम्पन्न

हेल्लो समाचारदाता

पुनर्वास,१५ पौष  –साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकाको नवौं साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार पुनर्वास नगरपालिका-३ स्थित निकट पैसट्ठी बिघा क्षेत्रको खुल्ला मैदानमा एक औपचारिक कार्यक्रम को आयोजना गर्दै साना किसान कृषि सहकारीले आफ्नो नवौं साधारणसभा सम्पन्न भएको हो ।

सुदुरपश्चिम प्रदेशका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङको प्रमुख अतिथी रहेको कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख शारदा बिष्ट धामी रहनुभएको थियो भने विभिन्न ब्यक्तित्वहरु अतिथिमा आसिन हुनुहुन्थ्यो ।

संचालक समितिकि सदस्य मिना बिष्टको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा सहकारीकी अध्यक्ष श्रीमाया गुरुङले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा प्रतिवेदन लेखा संयोजक धनमाया गुरुङ र आर्थिक प्रतिवेदन सहकारीकी प्रवन्धक चिरमाया तामाङले गर्नुभएको थियो ।

विभिन्न सहकारीका प्रवन्धक तथाक्स प्रतिनिधि ,जनप्रतिनिधि ,सामाजसेवी,बुद्धिजीवी र सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा लघु कर्जा अन्तर्गत ब्यवसायिक कृषि गरिरहेका सेयर सदस्यहरु र मृतक सदस्यको परिवारलाई सम्मानित गरिएको थियो ।

सहकारीकी अध्यक्ष श्रीमाया गुरुङको सभापतित्व रहेकोे कार्यक्रमको सञ्चालन सहकारी संस्थाकि प्रवन्धक चिरमाया तामाङले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.