भारतले बनायो पुरुषका लागि १३ वर्ष सम्म गर्भ निरोधक सुई

हेल्लो समाचारदाता

भारत – भारतीय अनुसन्धानकर्ताले जन्मान्तर गराउन पुरुषका लागि गर्भनिरोध सुई बनाएका छन्।

उनीहरूका अनुसार उक्त इन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्नेछ।

अनुसन्धानकर्ताहरूका अनुसार आवश्यकताअनुसार इन्जेक्सनको प्रभावलाई चाहेको समयमा हटाउन सकिनेछ।

सो सुई अन्तिम चरणमा रहेको खबर आजको राजधानी दैनिकले एजेन्सीलाई उधृत गर्दै छापेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सम्पूर्ण ट्रायल सकिएको र त्यो सफल भएको बताएको छ।

अब केही समयपछि नै यो सुईले स्वीकृति पाएपछि बजारमा आउने सम्भावना रहेको बताइएकाे छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.