धर्मको धारिलो धार

धर्मनिरपेक्ष, सापेक्ष, तेरो धर्म मेरो धर्म यी तामाम बखेडाहरुचीच विविध धर्मालम्बीहरु इतिखेर आपसमै चकनाचूर पनि हुँदैछ । संयम, सामाजिक सहकार्य, सद्भाव, सहअस्त्विको भाव र सहिष्णुता गुमाउँदैछ आम नेपालीले । कहिले जातीयताको नाममा त कहिले सीमांकनको नाममा, कहिले राजनैतिक नाममा त कहिले धार्मिक आस्थाको नाममा हामी सयौं भागमा विभक्त हुँदैछौं । सदिर्यौंदेखि एनेकतामा एकताको भावलाई कायम राख्दै आएका हामी, अहिले आएर धार्मिक आस्थाको धारिलो धारमा नेपालीका घाँटीहरु ददारिरहेका छन् । जस्ले समाज र मुलुक नै विखण्डनको संघारमा पुगेर धार्मिक युद्ध नै छेडिने हो कि यस्तै प्रतीत हुन थालेको छ ।
युगोचित होस् वा नहोस् आफ्नो महत्वाकांक्षालाई राजनैतिक लेपन लगाएर, परिपूर्णता पाउँछ भन्ने सोंचले; आजभोलि स्थान पाउन थालेको छ र यो स्थान दिन प्रतिदिन घनिभूत पनि बन्दै गएको छ । आजको विश्वग्राममा धार्मिक बहस युगोचित हुनसक्छ या सक्तैन तर धर्मको नाममा भइरहेको यति विघ्न हल्ली र खल्लीले सबैको ध्यानाकर्षण गरेको छ, जस्ले आत्मिक शान्ति र बौद्धिक कान्तिमा ब्यापकता नल्याई भ्रान्ति र क्रान्तिका जालोहरुलाई फिजारिरहेका छन् । यतिखेर धार्मिक आधिपत्य स्वीकार गर्ने नगर्ने दबुै खेमाका धार्मिक अतिवादीहरु सल्बलाउदो अवस्थामा छन् । धर्मलाई धारण गर्ने, अनुशरण गर्ने, धर्मोपदेशको पालना गर्ने कुरा ओझेलमा पर्दै धर्मका नाममा विभिन्न खालका अपराधिक र अधार्मिक गतिविधिहरु बढि प्रकाशमा आउन थालेका छन् । धर्म भनेको कर्मकाण्ड नै हो भन्ने एकथरि सुजबुझ भएका लामबद्ध भीडले यतिखेर नेपाल देश अटस्मटस् छ ।

रञ्जित लामा
धनगढी, कैलाली

धर्मको नाममा पटक–पटक विवाद उठेको सुन्दा र देख्दा निकै आश्चार्य लागेर आउँछ । यसरी किन ब्यर्थै धर्मको नाममा विवाद चुल्याएका होलान् ? किन ब्यर्थै अर्थको अनर्थ लगाइरहेका छन् ? धर्मलाई कुनै खतराजन्य पदार्थसँग मेलान गर्दै मानिस यस्को पिछलग्गू बनेर लागिरहेका छन्, मानौं लागू पदार्थ सेवनकर्ता लागू पदार्थको आदि भए जस्तै । भलिभाति थाहा भएकै कुरा हो, ब्रहमाण्डमा थुप्रैखाले धर्म पालना गर्ने मानिसहरू रहेका छन् । जसमध्ये जनसंख्याको आधारमा हेर्ने हो भने प्रमुख धर्महरूका रुपमा ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू पर्दछन् । धर्म भनेको कुनै पनि प्राणिको स्वभाविक गुण हो । मानव युग र मानव संस्कृतीको विकास र स्तरोन्तिसँगै धर्मको अर्थ र परिभाषामा ब्यक्ति र समाज अनुसार भिन्न–भिन्न मत पाइन्छ । कुनै पनि मानिसको धर्म उसको आफ्नो भावना हो । ब्यक्तिको थातथलो र बाताबरण अनुसार धर्ममा विविधता आउनु स्वभाविक प्रकृया पनि हो । कतिपयले धर्मलाई आफ्नो नित्य कर्म र कर्तव्यसँग तुलना गर्छन् भने कतिले आत्मसँग जोडेर आध्यात्मिक नियमसँग तुलना गर्छन् । आफ्नो आत्मालाई परमात्मासँगै एकाकार गराउन कसैले धार्मिक स्थलहरूमा केही समय बिताउन चाहन्छन् भने कसैले मूर्ति अथवा तस्वीरमा ईश्वरको स्वरुप खोज्ने भन्दा पनि आफ्नै मनमस्तिष्कलाई एकाग्रचित गर्दै परमात्माप्रति आफूलाई समाहित गर्छन् । यो सबै धार्मिक प्रकृया र पद्दति नै हुन् । जस्को मूल आशय नै आत्मिक सन्तष्ुटी, शुिद्धकरण र शान्ति नै हो । परन्तु आजको परिप्रेक्ष्यमा अहिलेसम्मको धार्मिकताले यही कुरा सिकाएको हो त ? धर्मालम्बीहरूका निम्ति आत्मिक सन्तुष्टि, शुद्धिकरण र शान्तिको अर्थ अपूर्ण र अपभ्रंश मात्रै बन्दै गएको छ । जताततै धार्मिक अतिवादले घर बनाउन थालिसकेको छ । धर्मको नाममै थुप्रै अधर्म कृयाकलापहरु एकपछि अर्काे गरेर टुसाइ रहेका छन् । यस किसिमको धार्मिक अतिवादको शिकार ढिलो चाँडो नेपाल देश नपर्ला भन्न सकिदैन ।

इतिहास साँची छ अहिलेसम्मको इतिहासमा धर्मको नाममा जति रक्तपात, हिंसा र युद्ध भए अरु कुनै पनि विषय र प्रसङ्गमा भएको छैन । सन् १९९२ ताका बाबरी मस्जिद भत्काइएको नाममा हिन्दू र मुश्लिमबीच भयङ्कर युद्ध मच्चियो, दिल्ली, मुम्बई र अन्य ठूला–ठूला शहरहरू सहित यस दंगा लडाईमा २ हजार भन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । ईशाइ र मुसलमानहरुका बीच जेरुसेलम भूमिका निम्ति झण्डै १ सय ९० वर्ष युद्ध चल्यो । इशाई धर्मकै बीच प्रोटेस्टेन्ट र क्याथोलिक बीच पनि भयङ्कर युद्ध चल्यो । लाखौं घरबार बिहीन भए, हजारौंको ज्यान गयो । धर्मको नाममा अन्धाधुन्दा पिछलग्गू हुने यस्ता आचरणगत विशेषताले नै धर्मको नाममा चौतर्फी बिषाक्तता भरिदिएको छ ।

के धार्मिक, के अधार्मिक ? भनेर अलिकति पनि आत्म समीक्षा गर्नतर्फ किन घोत्लिनन् ? आफ्ना मतका सबै धार्मिक र फरक मतका सबै अधार्मिक भन्ने रुग्ण मान्यताकै उपज हो यो अहिलेको अवस्था । अरूका धर्मलाई सुन्ने, पढ्ने, मनन गर्ने धैर्यता समेत हामी सबैले गुमाउँदै गएका छौं । तसर्थ हामी जहाँ छौं, एकपटक त्यहीँ थामिएर मथिङ्गललाई जोड दिनु आवश्यक भइसकेको छ । विभाजित मनले आम धर्मालम्बीहरुलाई पनि बिभाजन नै गर्छ । यसले साँघुरो घेराको धर्मलाई मलजल गर्छ, समाजलाई सहमति विमुख बनाई असहिष्णुतर्फ धकेल्छ । एकात्मक सोंच, आत्मकेन्द्रित विचार र अतिवादी अडान अहिलेको धार्मिक अपूर्ब संकटको जड हो ।
नेपालकै परिप्रेक्ष्यमा रहेर कुरा गर्ने हो भने पनि केही समय पहिले पशुपतिका जटाधारी बाबाहरुले हिन्दू राष्ट्र नभए गुरिल्ला युद्ध गर्ने भनी डङ्का पिटेका थिए । अहिले रामनामी च्यादर ओढेर सुरुमुनीदेखि भुसुनासम्म आन्दोलित भएका छन् । रगतको आहाल बनाउने घोषणा गरेका छन् । धार्मिक माला मात्रै हैन धार्मिक भाला पनि चलाउँने चेतावनी दिएका छन् । के अहिलेसम्मको धार्मिक आस्था र धार्मिकताले यही कुरा सिकाएको हो त ? के हामीले वर्षौदेखि पुज्दै आएको धर्मले हामीलाई यही गर्न अह्राएको र उस्काएको हो त ? धर्मले मानबलाई मानवीयता भर्न सिकाउँने हैन र ? आत्मिक सन्तुष्टि, शान्तिको थातथलोमा विराजमान गराउदै मानवलाई बास्तबमै मानवीय तबरले दीक्षित गराउँने हैन र ?
तर धर्ममा आजभोलि अधार्मिकताको अफीम लेपासिएको छ । धर्मले यदि अतिवादलाई जन्माउछ भने त्यो धर्म हुनै सक्तैन । त्यो धर्मको नाममा गरिने राजनीति हो । र हामीलाई थाहा छ, राजनैतिक मन वा आत्मले धर्म खोजे पनि मस्तिष्क अधर्मतर्फ अग्रसर भइरहेकै हुन्छ । बहुल जाती, बहुल भाषी र सांस्कृतिक घच्चाघमासान नेपाल जस्तोदेशमा, राज्यले एउटैथरीका आत्माहरूको कर्मकाण्डलाई मात्र बधैता दिनु आजको विश्वग्राममा कत्तिको वज्ञौनिकता होला ? धर्मलाई प्रतिशतमा मापन गर्दै, बहमुतको कदर र अल्पमतको अनादर भन्ने हुङ्कार कत्तिको यथोचित र युगोचित रहला ? ‘सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ’ भन्ने सत्य प्रति किन अलमस्त छ ? सामाजिक र सांस्कृतिक विविधता अनुसार राज्यका कर्मकाण्डहरु फरक–फरक हनु सक्छन् । सबै थरीका कर्मकाण्डलाई समतामलूक ढङ्गले पहिचान गरी राज्यले अल्मतको अस्तित्वलाई समते आत्मसात गर्न सक्नु पर्छ, अनि हुन्छ धार्मिकता र धर्मनिरपेक्षता ।
म मनबाट लेख्ने मान्छे हुँ । भूल भए माफी चाहन्छु ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.