पुनर्वासका एक बालकको स्वास्थ्य अवस्था बारे बुझ्न मन्त्री मगर कान्ति बाल हस्पिटलमा

हरिलाल जोशी
काठमाडौ ,९ पौष – कंचनपुरको पुनर्वासबाट उपचारका लागि काठमाडौ आएका एक बालकको स्वास्थ्य अवस्था बारे जानकारी लिन बुधबार नेपाल सरकारकि खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर कान्ति बाल हस्पिटल पुग्नु भएको थियो ।

पुर्व कन्चनपुर जिल्ला अनेरास्ववियुका सचिव तथा पुनर्वास नगरपालिका-५ का युवा विद्यार्थी नेता टेक थापाको पहिलो सन्तान एक वर्षीय शिवांशदीप थापाको पिसाबमा ईन्फेक्सन देखिएपछी उपचारका लागि शुक्रबार काठमाडौको महाराजगन्ज स्थित कान्ती बाल हस्पिटलमा भर्ना गरिएको थियो ।

भर्ना गरिएको थाहा पाएपछि बुधबार नेपाल सरकारकि खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर बच्चाको स्वास्थ्य अवस्था बारे बुझ्न् कान्ति बाल हस्पिटल पुग्नु भएको थियो ।

हस्पिटल पुगेर बाल रोग विशेषज्ञ डाक्टरसंग कुराकानी गर्दै मन्त्री मगरले बच्चाको स्वास्थ्य उपचारमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।

विगत देखि नै मन्त्री मगर जानकारी र समयानुकूल भए सम्म आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौंमा उपचारका लागि आउने बिरामीहरुको स्वास्थ्य अवस्था बारे बुझ्दै आउनुभएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.