बेलौरी उद्योग वाणिज्य संघको मतगणना सम्पन्न , अध्यक्षमा साउँद

हेल्लो समाचारदाता
बेलौरी , मंसिर १६ –
बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा टेक बहादुर साउँद विजयी भएका छन् । साउँद ४ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दि लक्ष्मी नारायण चौधरीलाई १ सय दुई मतान्तरले पराजित गरे । चौधरी ३ सय ५४ मतमै समेटिए ।

 

वरिष्ठ उपाध्यक्षमा साउँद प्यानलका हिरासिह विष्टले ४ सय ७१  मत प्राप्त गरी आफ्नो स्थान सुरक्षित राखे भने चौधरी प्यानलबाट प्रकास राज पन्तले ३ सय १९ मत मै चित्त बुझाउनुपर्यो । उद्योग उपाध्यक्षमा साउँद प्यानलका खडक शाह १ सय ६१ मत प्राप्त गरी विजयी हुँदा चौधरी प्यानलबाट जनक बहादुर चौधरी  १ सय ३७ मत मै खुम्चिए ।

 

 

त्यसैगरी वाणिज्य उपाध्यक्षमा साउँद प्यानलतर्फ जलबिर चौधरी  २ सय ८६ मत आफ्नो पोल्ठोमा पार्दै  चौधरी प्यानलका रघुबिर भण्डारीले  २ सय ४  मतमै चित्त बुझाउनुपर्यो । महासचिवमा साउँद प्यानलका शिवराज कडेल  ४ सय ३१  मत प्राप्त गर्दै विजयी हुँदा निकटतम प्रतिद्वन्दि दुलारे रानाले  ३ सय ५६   मत प्राप्त गरे ।

 

 

सचिवमा साउँद प्यानलका रिता चौधरीले  ५ सय २  मत प्राप्त गरिन् भने चन्द्रकला चन्दले २ सय ८४ मत प्राप्त गरिन् । कोषाध्यक्षमा अमित भट्टराई ४ सय २३ मत प्राप्त गर्दै निर्वाचित भए भने चौधरी प्यानलका राज बहादुर चौधरीले  ३ सय ६० मत मात्रै ल्याए ।

 

 

त्यस्तै, सदस्यमा चौधरी प्यानलका धनीराम राना  ४ सय ८५,  बसन्त पुनमगर ४ सय २४, महेशराज जोशी ३ सय ९२ मत ल्याई विजयी भएका छन् भने साउँद प्यानलबाट जोगराम चौधरी ४ सय २८, बिक्रम चौधरी ४ सय २०,  हरि प्रशाद खरेल ३ सय ९८, महेन्द्र बुडाल ४ सय ६,  टेक ब. शाही ३ सय ६८  मत ल्याई सदस्यमा आफ्नो सिट सुरक्षीत राखे ।

 

 

हिलेन्द्र राना ३ सय ५१, धनराज सुवेदी (लच्छु)  ३ सय ५६, पेपुराम चौधरी ३ सय ६, अच्युत प्रशाद थपलिया ३ सय ३, केशव शाही २ सय ९१ , बुद्धिराम चौधरी३ सय ५०, रमेश चौधरी ३ सय ५९ र मत मतमै सिमित रहे ।  भने निर्वाचनमा सबैभन्दा बढी  साउँद प्यानलबाट सचिव पदका उम्मेदवार रिता चौधरीले  ५ सय २  मत ल्याएर दोस्रो कार्य समितिमा रेकर्ड कायम गरिन् ।

 

आइतबार बिहान ८ बजे बाट सुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको थियो । मतगणना सोमबार विहान ८ बजेबाट सुरु हुने भनिए पनि दिउँसो १ बजेबाट सुरु भएको थियो । निर्वाचनमा ९५२ मतदातामध्ये जम्मा ८३३ मत खसेको प्रमुख निवार्चन आयुक्त लक्ष्मण खरेलले बताए ।

-रेडियो सुदुरसन्चारबाट

Facebook Comments
Down to post ads-480-38

Comments are closed.