धनगढीमा दिब्या अटो हाउस सञ्चालनमा

लीला खाती
धनगढी, १५ मंसिर । 
पुरानो मोटोरसाइकल किनबेच र सट्टापट्टाको कारोबार गर्ने रिकण्डिसन हाउसको व्यापार उकालो लागिरहेकै बेला सुदूरपश्चिमकै पहिलो पुरानो कारको कारोबार गर्ने रिकण्डिसन हाउस कैलालीको धनगढीमा ‘दिब्या अटो हाउस’ को नामबाट आईतबारदेखि सञ्चालनमा आएको छ ।
सुदूरपश्चिमका प्रसिद्ध ब्यापारी तथा समाजसेबी गोपी हमालले रिवन काटेर अटो हाउसको उद्घाटन बिधिवतरुपमै गरेका हुन् ।
करिब डेढ करोड रुपैयाँको लगानीमा सञ्चालन भएको अटो हाउसमा अटोको कण्डिसन हेरेर पाँच लाख रुपैयाँदेखि नै कार किन्न सकिने सञ्चालक सुरेश सापकोटाले बताए । कार चढ्ने शौख भएकाहरूकालागि यो अटो हाउस उपयुक्त गन्तब्य हुनसक्छ । उनले भने–‘धनी र पैसावालाले मात्रै हैन अब मध्यम बर्गकाले पनि कार चढ्न सकिन्छ ।’
दुई जनालाई रोजगार दिने योजनाका साथ ब्यावसाय सुरु गरेका दिब्या अटो हाउसमा सबै ब्राण्डका कारहरु विक्रीमा राखिएको छ । जुनसुकै पुराना कारले उचित मूल्य पाउने तथा विभिन्न प्रकारको फाइनान्स सुविधा उपलब्ध हुने भएकाले कार चढ्न मन लागेका जोकोही निराश भएर फर्कनु नपर्ने सञ्चालक सापकोटाले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.