खानेपानी मन्त्री मगरको वडामा नेकपाका कृष्ण तामाङ विजयी

हरिलाल जोशी
पुनर्वास , १४ मङ्सिर – कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा आज सम्पन्न भएको उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ ।

सो निर्वाचनमा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनले ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन् ।

उनका प्रतिद्वोन्द्धी नेपाली कांग्रेसका दिपबहादुर (डिबि) तामाङले ३ सय १० मत प्राप्त गरेका थिए ।

त्यस्तै समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन । भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका  पदमबहादुर शाहीले ७ मत प्राप्त गरेका थिए ।

११ सय ९९ मतदाता रहेको सो वडामा ९ सय २४ मतपत्र खसे पनि ४ मत भने बदर भएको थियो।

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएपछि त्यहाँ वडा अध्यक्षको पद रिक्त रहेकोे थियो ।

सो वडामा नेपाल सरकारका खानेपानी मन्त्री बिना मगर र प्रदेश सभा सदस्य माननीय तारा लामा तामाङ पनि मतदाता हुन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.