उपनिर्वाचनका लागि पुनर्वास पुग्नु भएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरद्वारा गरियो मतदान

हरिलाल जोशी

पुनर्वास , १४ मङ्सिर – मतदानका लागि गृह जिल्ला कंचनपुरको पुनर्वास पुग्नु भएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मतदान गर्नुभएको छ ।

बिहान ९ बजेर २० मिनेटमा मन्त्री मगरले गोर्खा आधारभूत बिधालयको मतदान स्थलमा मतदान गर्नु भएको हो ।

देशैभर उपनिर्वाचन भइरहदा कंचनपुरको पुनर्वास नगरपालिका-३ मा पनि वडा अध्यक्ष पदका लागि आज बिहान ७ बजे देखि मतदान सुरु भएको “क” बुथका निर्वाचन अधिकृत बिनोद कुमार कर्णले जानकारी दिनुभयो ।

७० वर्षीय क्षेत्र बहादुर लामाले पहिलो मतदान गर्दै सुरु भएको मतदानका लागि बिहानै बाट मतदान स्थलमा मतदाताहरुको घुइँचो लागिरहेको छ ।
१० बजे सम्म दुबै बुथमा १ सय ६० जना महिला र २ सय १३ जना पुरुष गरेर जम्मा ३ सय ७३ मत खसेको छ ।

सो वडामा जम्मा मतदाता संख्या  १ हजार १ सय ९९ रहेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.