धनगढीमा लागूऔषधको कारोबार गर्ने तीनजना पक्राउ

हेल्लो समाचारदाता

धनगढी, मँसिर १३ । : कैलालीको धनगढीमा लागूऔषधको कारोबार गर्ने तीनजना पक्राउ परेका छन्। प्रहरीले बिहीबार राति धनगढीको एक होटलबाट उनीहरुलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका- ५ जाई बस्ने २८ वर्षीय इन्द्रजित धामी, धनगढी उप-महानगरपालिका- ८ बस्ने १८ वर्षिया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई हाल जिल्ला कैलालीकाे उप-महानगरपालिका १ बस्ने १९ वर्षिया मोनिका थापा भन्ने मोनिका बुढा रहेका छन्।

होटलमा लागूऔषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुकाे साथबाट प्रहरीले ३ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताए।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.