कंचनपुरमा भएको युवक हत्याकाण्ड : संलग्न चार जना सार्वजनिक

हेल्लो समाचारदाता

कंचनपुर ,१३ मङ्सिर – कञ्चनपुरको महाकाली नगरपालिका ३ चाँदनीका २२ वर्षिय दिपक पन्तको हत्यामा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको छ ।

मोटरसाइकल ओभरटेक गरेको निहुँ पारी १ युवकको हत्यामा संग्लन रहेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीले भीमदत्त नगरपालिका ४ का २० बर्षीय मनिष नाथ, १५ का २२ बर्षीय गणेश लुहार, २० बर्षीय नविन सिंह र २२ बर्षीय विनोद बोहरलाई गरी सार्वजनिक गरेको छ ।

४ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ । उनीहरुको साथबाट प्रहरीले चक्कु, से १ प ३७ ७८ नम्वरको एक थान मोटरसाईकल र म ३ प १०७० नम्वरको उक थान स्कुटर पनि बरामद गरेको छ।

उनीहरुले मृतक पन्तलाई हेल्मेट र चक्कु प्रहार गरी गम्भिर घाईते बनाएका थिए भने गम्भिर घाइते भएका पन्तलाई महाकाली प्रदेशिक अस्पतालबाट भारत रिफर गरिएको र भारत लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.