कंचनपुरको डोकेबजारमा मन्त्री मगरद्वारा प्रवेश द्वार र स्मार्ट शौचालय बनाउने घोषणा

हेल्लो समाचारदाता

पुनर्वास / मंसिर १३ –

खानेपानी मन्त्री बिना मगरले डोकेबजारमा प्रवेशद्वार र स्मार्ट शौचालय बनाउने घोषणा गर्नु भएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री बिना मगरले धनगढीबाट कञ्चनपुरको दक्षिणी क्षेत्र प्रवेश बिन्दुका रुपमा रहेको पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित डोकेबजारमा प्रवेशद्वार र स्मार्ट शौचालय बनाउनको लागि शुक्रबार स्थलगत अवलोकन गर्नुभएको छ ।

कञ्चनपुर र कैलालीको सीमा क्षेत्र र भारतीय सीमा क्षेत्र नजिक रहेको कञ्चनपुरको डोकेबजारको सौन्दर्यीकरण र स्वच्छताका लागि उक्त कार्य गर्न लागेको मन्त्री मगरले बताउनु भएको छ । निर्वाचन क्षेत्र विकास कोषको रकमबाट निर्माण गरिने प्रवेशद्वार भविष्यमा बाटो फराकिलो बनाउँदा पनि फरक नपर्ने गरी २१ मीटर चौडाइको हुने बताइएको छ ।

उक्त प्रवेशद्वार र स्मार्ट शौचालय चालुआर्थिक वर्ष २०७६।०७७ मै बनाइसक्ने गरी काम थालिने खानेपानी मन्त्री बिना मगरले बताउनु भएको छ ।

अनुगमनका क्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापा, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, नेकपा जिल्ला सदस्य दिपक तिमिल्सेना र नेकपाका नेता यज्ञ कंडेल लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.