मतदान गर्न खानेपानी मन्त्री मगर शुक्रबार पुनर्वास आउँदै

हरिलाल जोशी
पुनर्वास,१२ मङ्सिर – नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर शुक्रबार गृह जिल्ला कंचनपुरको पुनर्वास आउने कार्यक्रम रहेको छ ।

मङ्सिर १४ गते शनिबार पुनर्वास नगरपालिका-३ मा रिक्त रहेको वडाध्यक्ष पदको लागि हुने उपनिर्वाचनमा मतदान गर्न मन्त्री मगर पुनर्वास आउने कार्यक्रम रहेको हो ।

मन्त्री मगर काठमाडौबाट शुक्रवार बिहान साढे सात बजे श्रीएयर लाईन्समा धनगढी आईपुग्ने उहाँको सचिवालयले हेल्लो पुनर्वासलाई जानकारी दिएको छ ।

शनिबार कंचनपुर जिल्ला भरिमै मन्त्री मगरको वडामा मात्रै उपनिर्वाचन हुदै छ । गत निर्वाचनमा निर्वाचित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको अध्यक्षमा निर्वाचित भएपछी सो वडा निर्वाचन भएको केही महिना देखि नै वडा सदस्यले निमित्तको रूपमा सेवा दिईरहेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.