पुनर्वासमा अज्ञात समुहद्वारा माछापुच्छ्रे बैँकका दुई जना कर्मचारी माथि सांघातिक आक्रमण

हरिलाल जोशी
पुनर्वास ,१२ मङ्सिर –कञ्चनपुरको पुनर्वासमा रहेको माछापुच्छ्रे बैँकका दुई जना कर्मचारी माथि सांघातिक आक्रमण भएको छ।
बुधबार साँझ पुर्नवास नगरपालिका-३, आईबीआरडीमा रहेको माछापुच्छ्रे बैँकबाट धनगढी घर जाने क्रममा पुनर्वास नगरपालिका-५ सिमरीमा उनीहरु माथि सांघातिक आक्रमण भएको हो ।
बैंकका व्यवस्थापक प्रविन भट्ट र बैँकमै कार्यरत महिला कर्मचारी शारदा पन्त माथि आक्रमण भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
पुर्नवास नगरपालिकाकै सिमरीमा पछाडीबाट आएको स्कुटीमा सवार तीन जनाले मोटरसाइकल रोकेर एक्कासी आक्रमण गरेको र आक्रमणबाट बैँकका व्यवस्थापक भट्ट गम्भीर घाईते भएका छन्। घाइते भट्टको मुख र टाउकोमा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए ।
व्यवस्थापक भट्टको धनगढीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
घाईतेको टाउकोमा रगत जमेको कारण उनलाई नेपालगञ्जबाट पनि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भईरहेको छ।
घटना कस्ले गर्यो र किन गर्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सिंहले बताए ।
Comments are closed.