कंचनपुरमा चक्कु प्रहार गरेर एक जनाको हत्या

हेल्लो समाचारदाता

कंचनपुर ,१२ मङ्सिर –कञ्चनपुरको भीमदत्त नगरपालिकामा बिहिवार चक्कु प्रहार गरेर एक जनाको हत्या गरिएको छ ।भीमदत्त नगरपालिका–४ गोबरियामा महाकाली नगरपालिका–३ का दीपक पन्तको चक्कु प्रहार गरि हत्या गरिएको हो ।

मोटरसाइकल ओभर टेक गरेको भन्दै युवाहरुको एक समुहले गोबरियामा पन्तमाथी चक्कु प्रहारका साथै हेलमेट लगायतका हतियार प्रहार गरेको थियो ।

चक्कु प्रहारबाट घाइते भएका पन्तको उपचारको क्रममा भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र शंस्कापद तीन जना तथा एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.