कंचनपुरको बन्साहमा एक युवक मृत फेला

कञ्चनपुर मंसिर १२ ,कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ बन्साहमा एक जना युवक मृत अवस्थामा फेला परेका छन ।
पुर्चौडी नगरपालिका ८ पेल्तडी घर भएका अन्दाजी ४० बर्षका रमेश बिष्ट शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १ बन्साहमा मृत अवस्थामा फेला परेका छन ।

आज बिहान मृत अवस्था फेला परेको शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो ।
वेलौरी कलुवापुर सडकको बन्शाहको चौराह नजिकको कल्मड बाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरी जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.