कंचनपुरको बेलौरीमा दाजु नाता पर्नेले बहिनीलाई बलात्कार

हरिलाल जोशी
बेलौरी,११ मङ्सिर –देशभर महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा कंचनपुरको बेलौरीमा दाजुद्वारा बहिनी बलात्कृत भएकी छिन् ।

बुधबार राती करिब ११ बजे बेलौरी नगरपालिका वडा नम्बर ८,कानपुरमा दाजु नाता पर्नेबाट बहिनी बलात्कृत भएकी हुन् ।

 

बेलौरीको कानपुर गाउँमा भोजभतेर चलिरहेको अवस्थामा स्थानीय २८ वर्षीय धनिराम चौधरीले बहिनी नाता पर्ने १६ वर्षीय बेनाम चौधरीलाई घर पुर्याईदिन्छु भनि राति ११ बजे उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बलात्कार भएको खबर पश्चात् चौधरीलाई राती नै आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।

बलात्कारको आरोपमा पक्राउ परेको उनीहरुलाई मेडिकलका लागि बिहिवार महाकाली अञ्चल अस्पताल लगिएको निरीक्षक चन्दले बताए ।

पीडित बेनाम चौधरीको आफन्तहरुले पक्राउ परेका धनिराम चौधरीको नाममा जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ताका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा किटानी जाहेरी दिएका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.