पुनर्वास, बेलौरी र लालझाडीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

हरिलाल जोशी
पुनर्वास ,९ मङ्सिर – ” छोरी-छोरी बराबरी , महिला हिंसा अन्त्य गरौं ,समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता , लैंगिक हिंसा अन्त्य गरौं “भन्ने नारा सहित कन्चनपुरको पुनर्वासमा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सुरु भएको छ ।
सोमबार पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास जनता माध्यमिक बिधालयको प्राङ्गणबाट विभिन्न नाराबाजी सहितका प्ले कार्ड बोकि प्रतिभानगर बजार परिक्रमा गर्दै १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सुरु गरिएको हो ।

बजार परिक्रमा पश्चात् पुनर्वास नगरपालिका-६ स्थित संयुक्त वडा कार्यालयको सभाहलमा आई अन्तर्कृया कार्यक्रममा परिणत भएको थियो ।

अन्तर्कृया कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले अहिलेको अवस्थामा देशैभरी महिला हिंसा व्यापक रहेको हुँदा यसको बिरुद्ध एकजुट हुनु पर्नेमा जोड दिनुभएको छ । घर परिवार,समाजबाटै हिंसाको सुरुवात भएको छ नगर प्रमुख थापाले भन्नुभयो ” हिंसा न्यूनिकरणका लागि महिला मात्रै हैन पुरुषहरु पनि प्रतिवद्ध हुनुपर्छ । ”

त्यस्तै पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिष्ट धामीले विगतको भन्दा समाजमा महिला हिंसामा केही कमि भएपनी न्यूनीकरण भने हुन नसकेको बताउनुभयो । उहाँले नगरपालिकाबाट यस्ता हिंसा न्यूनीकरणका लागि विभिन्न खाले कार्यक्रमहरुको आयोजना गर्ने बताउनुभयो ।

सो अन्तर्कृया कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख ,उपप्रमुख ,पुनर्वास नगरपालिकाका वडा अध्यक्षहरु , विभिन्न वडाका सदस्यहरु,महिला अधिकारकर्मीहरु ,शिक्षक,शिक्षिका,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पुनर्वास नगरपालिका कार्यालयको आयोजना तथा निड्स नेपालको समन्वयमा भएको कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिकाकि महिला शाखा प्रमुख बसुन्धरा बस्नेतले गर्नुभएको थियो ।

त्यस्तै बेलौरी नगरपालिका र लालझाडी गाउँपामा पनि १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सुरु भएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.