मन्त्री मण्डल पुनर्गठन : मन्त्री बिना मगर यथावत र लेखराज भट्ट बने उद्योग मन्त्री

हेल्लो समाचारदाता

काठमाडौ –प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। बुधबार साँझ उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन्। केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन्।

पूर्वमाओवादीबाट लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य समेत रहेका भट्ट मन्त्री बनेका हुन्।

उनी कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। यसअधि २०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका भट्टले श्रम तथा रोजगार, विज्ञान तथा प्रविधि र वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी समालेका थिए।

भट्ट २०७० सालमा भने कांग्रेसमा दीर्घराज भाटसँग पराजित भएका थिए । पार्टी एकताभन्दा पहिलो तत्कालीन माओवादीमा स्थायी समिति सदस्य रहेका भट्टले एकतापछि पनि स्थायी समिति सदस्यको जिम्मेवारी पाए।

उनलाई सुदूरपश्चिम प्रदेशको प्रभावशाली नेताको रूपमा लिइन्छ। उनकै पहलमा गेटा मेडिकल कलेज, सुक्खा बन्दरगाह, सुदूरपश्चिम विश्वविद्यालय, खुटिया दिपायल फास्ट ट्याक, सेती लोक मार्ग र महाकाली कोरिडोर लगाएको काम सुरु भएका थिए।

यस्तै सुदूरपश्चिमबाट अर्की मन्त्री बनेकी खानेपानी तथा सररफाई मन्त्री विना मगर भने यथावत रहेकी छिन। मगर तत्कालिन माओवादी केन्द्रबाट कञ्चनपुर क्षेत्र नं. १ बाट विजयी भएकी थिइन्।

हेर्नुहोस् पुनर्गठित मन्त्रिपरिषदको क्रम:

Facebook Comments
Down to post ads-480-38

Comments are closed.