टिष्टा, काँकडा जस्तै सुस्ता,कालापानी नहोस्

गोकुल निरौला

अहिले युवा हरुमाझ ईतिहास लाग्ने नेपालको सिमाना र गौर्खालिको बाहादुरी भोलीका पुस्तालाई पौराणिक कथामा परिणत हुँदैछ । हुनत नेपालीले प्राचिन कालको ईतिहास पढ्ने हो भने अहिलेको पुस्तालाई नै ईतिहास भन्दा पनि पौराणिक कथा जस्तै लाग्न थालि सकेको छ । प्रचिन नेपाल र धर्म ग्रन्थको कुरा गर्नेहो भने नेपाल विसाल थियो । विसाल नेपाललले अहिलेको भारत संग कहिलै झै–झगडा गरेन बरु अहिलेको भारत निमार्णमा जहिले पनि सहयोगि मात्र बनेन संस्कृति बचाउन काँध थापिरह्यो । प्रचिन नेपाललले भारत निर्माणमा सहयोग गरेपनि सुगौलि संन्धि पछि बनेको नेपाल लाई भने भारतले गुन भन्दा बढि बैगुन लगाउदै आएको छ ।

 

प्राचिन नेपाल र धर्मग्रन्थमा नेपालको सिमानाको कुरा गर्नेहो भने स्कन्द पुराणको, अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि नेपाल बारेको व्याख्या छ पाईन्छ । सम्राट अशोक देखि चाणक्य सम्मले नेपालको सिमानाको ब्याख्यागरेको छ । धर्म गन्थर संस्कृति र सिमानाको कुरा गर्नेहो भने नेपालको पूर्वी सिमाना कामरु, कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्याख्या ईतिहासकार भन्दै आएका छन । कामक्ष भनेको आसाममा पर्दछ, पाटलीपुत्र भनेको पटना र कतुर भनेको इलाहाबाद नजीक र उधमपुर भनेको उत्तर–पश्चिम पञ्जाब हो र यो ईसाको ३५० वर्ष पुर्वको शिलालेख हो । यिनै ग्रन्थहरुमा साध सिमानाको कुरा मात्र गरीएको छैन संस्कृतिको कुरा पनि उठाएको छ । बेद, पुराण र ऋसिमुनि हिन्दु धर्ममा शालिग्रामलाई भगवान बिष्णुको नामले चिनिने यो सालिग्राम नेपालको गंडकी नदि किनारामा पाईन्छ । धार्मिक संगै प्राचिन नेपालको ईतिहास हेर्नेहो भने नेपाल  खस र किरांत कालमा नेपाल विशाल थियो ।

 

किरात कालको अन्त र लिच्छवीहरूको शासन नेपालमा शुरु हुनु नेपालको दुर्भाग्य शुरुआत भयो । लिच्छवीहरू कमजोर हुँदै गएपछि विशाल नेपाल ५३ टुक्रामा विभाजित भयो । लिच्छवी शासन पछि मल्लहरूको शासन नेपालमा शुरु भयो, तर मल्लहरूले नेपालको एकिकरण गर्ने तर्फ भन्दा पनि राज्य बिभाजनको संस्कृतिलाई बढावा दिए । मुकुन्द सेनले एकिकरणको केही प्रयत्न गरेको देखिएता पनि उनका उत्तराधिकारीहरूले पाल्पा राज्यलाई ३ खण्डमा बिभाजन गर्न पुगे । त्यसपछि शाह वंशको शासन नेपालमा आयो । शाह वंशलाई नेपालको आधुनिक युगको शुरुआत भन्ने गरिन्छ ।

 

शाह वंशका शासन सुरुगरी सकेपछि गोरखामा जन्मेका पृथ्वीनारायण शाह दूरदर्शी राजा थिए । उनले नेपाललाई अंग्रेजहरूको उपनिवेशबाट बचाउनको निम्ति स–साना राज्य–रजौटाहरूलाई जोडेर एउटा सिंगो बलियो देशको आधार बसाल्ने कार्य गरे । पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरण अभियानलाई बहादुर शाह र राज्यलक्ष्मीले अगाडि बढाए । पृथिविनारायण ले सुरुगरेको विसाल नेपालक साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो ।

तर दोस्रो पटक १८१४–१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज–नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो । त्यसै सुघौलि सन्धिले १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाली युद्धलाई समाप्त गरियो । सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू–भाग गुमाउनु परेको प¥यो । सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, जस्तो सहमति गरीयो ।

 

नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ–वर्तमान उत्तराखण्ड, गढवाल–वर्तमान उत्तराखण्ड, सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा  तराई क्षेत्रका धेरै भागहरू ब्रिटिस हरुकै अधिनमा रहे । तत्कालीन प्रधानमन्त्री भीमसेन थापा र युवा अस्थामै राजा भएका  गीर्वाणयुद्ध विक्रम शाहकको पालामा सुघौली सन्धि भएको थियो । तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको पालामा सन् १८१६ मा तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता अथवा सुघौलि संन्धीले नेपालको सिमाना पुर्व मेचि नदि र पश्चिममा महाकाली नदिमा सिमित पारेको थियो । सुगौली सन्धिपछि ४४ बर्ष सम्म राप्ती पारीको तराईको भू–भागमा ब्रिटिस राज चल्यो । सन १८५७ मा तत्कालीन ब्रिटिस इष्टइण्डिया कम्पनीविरुद्ध भारतमा बहुचर्चित सिपाही विद्रोह भयो ।

 

त्यो बिद्रोहमा आफ्नो सत्ता बचाउन तत्कालीन ब्रिटिस शासकले नेपालसँग सैनिक सहयोग मागे । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नै नेतृत्वमा करिब १४ हजार सैनिक लगेर भारतको बिहारबाटै विद्रोही सिपाहीविरुद्ध कारबाही चलाए । इतिहासमा यस्तो मोड आयो कि पहिले हस्तक्षेप गरेर आफूतिर गाभेको त्यही भूमि ४४ वर्षपछि उपहारस्वरुप फिर्ता गर्न बाध्य हुनु प¥यो । जंगबहादुर राणाले अंग्रेजलाई खुशी पारेर बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिने क्रममा खम्बा नगाडी लिन्न भने । त्यसबेला जंगबहादुरको अड्डीबाट गाडिएका खम्बाहरूलाई पछि जंगे खम्बा भनियो । भारतले नेपाललाई गर्ने हेपाहा प्रवृती र नेपालको आन्तरिक राजनीतिक द्वन्द्वले गर्दा राणकालदेखि नै नेपाली जमिन जोखिममा पर्दै आएको विभिन्न अध्ययनले देखाएको छ ।

१८६० मा भारतले नेपालको भूभाग मिच्न सुरुगरेपछि मात्रै सन् १८८० देखि सीमा पिल्लर गाड्नेकाम सुरुभएको हो । तर, अङग्रेजहरूले ४ मार्च १८१६ मा भएको सुगौली सन्धी लगत्तै सीमामा लठ्ठा गाड्ने काम र नक्सा बनाउने काम गरेका हुन् । अंग्रेजको पालामा जंङगेपिल्लर पाँच माइलको दूरीका गाडिएका थिए । पाँच माइलको बीचको भागमा बांगो टिंगो हुन गई नेपालको भूमि भारततिर पर्ने र भारतको भूमि नेपालतिर पर्ने भएकाले सन् १८८० मा जंगेपिल्लरको बीचमा सहायक पिल्लर गाड्ने र सीमा व्यवस्थापन गर्ने काम गरिएको थियो । यो पिल्लर गाड्ने काम गरीदा नेपालको सहि नक्सा नबनाउनुनै नेपालको पहिलो कमजोरी हो । राण शासन सुभएसंगै नेपाल आन्तरीक द्धोन्द्धमा फस्दै गयो । चिन र भारतले नेपालको सिमाना मिच्दैगएका थिए । पछि चिनसंगको सिमाशिवादमा गौरीसंकर हिमाल, लाङटाङ हिमाल नेपालललाई र्फकायको थियो भने । भारतले कुनै चासो देखाएको देखिदैन ।

राणहरुको अनत्य र प्रजातनत्र स्थापना पछि भारतले नेपाललाई हेर्ने दृष्ठिनै बदलेको छ । नेपाली शासक हरुले भारतकै भर परेर नेपालको शत्तासंचालन गर्ने मनसाय बनउनुनै नेपाली जनताको दुर्भाज्ञ हो । २०७ सालपछि नेपालमा भएका राजनितिक उतार चढाबको फाईदा उठाउदै भारतले सिमाना जोडिएका २३ जिल्लामा ६० हजार हेक्टर भन्दा बढी जमिन आफुतिर पारेको छ । नेपालको कालापानि पनि भारतले कब्जा गरेको ५७ बर्ष भएको छ । नेपालमा ५७ बर्ष अर्थात २०१८ सालपछि नेपालमा धेरै सासन र सत्ता परिर्वतन भैसकेका छन ।

 

५७ बर्षको अवधिका धेरै राजनितिक परीर्वतन भएको छ भने देश गणतन्त्रमा प्रबेस गरी प्रदेश सरकार समेत संचालनमा र्आइसकेको छ । तत्कालीन राजा ज्ञनेन्द्रको शासनकाल जोड्ने हो भने देशमा ४५ जना सरकार प्रमुख र प्रधानमन्त्री भैसकेका छन । पञ्चायतकाल बहुदल, सुधारीयको बहुदल, प्रजातन्त्र पुर्नस्थापना, माओवादीले गरेको जनयुद्ध, ६२÷६३को जनआन्दोलन र संघिय लोकतन्त्र गणतन्त्रमा प्रबेस गरी प्रदेश सरकार समेत संचालनमा आईसकेको छ । हामिले यो समयमा आईपुग्दा समेत प्रचिन नेपालको ईतिहास पढ्दै देशभक्त्तीका गित गाउनु बाहेक कुनै उपलब्धी हाँसिल गर्न सकेका छैनौ । आन्तरीक द्धोन्द फस्दै दरबारमा मारकाट गरेर सत्ता बचाउने काममा राण शासनबाट सुरुभएपनि भारतमा बसेर भारतकै विरोध गर्ने नेपालका राजनितिक दलहरुले सुरुगरे । बिक्रम सम्बत २०२६ मा पहिलो पल्ट प्रधानमन्त्री भएका बेला कृतिनिधि विष्टले नेपालको उत्तरी सीमाबाट भारतीय  सुरक्षा चेक पोष्ट हटाउनु भएको थियो ।

 

भारतिय सुरक्ष चेक पोष्ट हटाई नेपाललाई भारतीय सैनिक नियन्त्रणबाट मुक्त पारेको इतिहास यति बेला स्मरण गर्दै गर्दा कालापानिले दुखाउनु स्वभाविकै होला । तत्कालीन प्रधानमन्त्री बिष्ट पछि कुनै पनि सरकारले भारत संग सिमानाको कुरा चुनावि नाराबाहेक अरुबेला उठाएको देखिएन । संविधान जारीगर्दा भारतले लगाएको नाकाबन्दीको विरोध गर्दा प्रधानमन्त्री ओली राष्ट्रवादी कहलीए र हाल सक्तामा पनि छन ।  सिमानामा दिनका दिन बिवाद बढ्दै गएको छ । नेपाली जनताको पनि भारतलाई हेर्ने दृष्टीनै बदलीएको छ । भारत नेपाल लाई सहयोग र अनुदानको ललिपप देखाएर सिमानामा हस्तछेप गर्दै आएको छ ।

कालापानि सुस्ता लगाएतका क्षेत्रमा बढि भुभाग अतिक्रमण भएपनि भारतसंग सिमाना जोडिएका सबै जिल्लामा सिमाविवाद उस्तै छ । राजनिति दलहरुको ध्यान भने सत्ता लुछाचुडीमै रह्यो । यसरी नेपाल भारत सिमा बिवाद दिनका दिन बढ्दै गयोभने दुईटै देशलाई आन्तरीक सुरक्षमा चुनौति बढ्दै गएको छ । प्राचिन कालदेखि खुला सिमाना,भेष भुष संस्कृति रहनसहन मिलेको नेपाल भारतको सिमाना सुरक्षीत र ब्यावस्थापन गर्न जरुरी छ । अहिलेको यो अवस्थामा पनि नेपाललले सिमाबिवाद समाधान गर्न सकेन भने माधब प्रसाद घिमिरेले लेखेको कविता पश्चिम किल्ला काँकडा पुर्वमा टिष्टा पुगेथ्यौ भनेर गाउनु बाहेक कुनै विकल्प रहने छैन । अव आउने पुस्तालाई टिष्ट्रार काँकडाको कथा जस्तै सुस्तार कालापानिको कथा नबनोस ।

-लेखक पत्रकार समेत हुन् 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.