पुनर्वासमा तीन बर्षिय बालकलाई  अप्राकृतिक मैथुन  गरेको आरोपमा एक युवक पक्राउ

हरिलाल जोशी

पुनर्वास –कंचनपुरको पुनर्वासमा  तीन बर्षिय बालकलाई  अप्राकृतिक मैथुन  गरेको आरोपमा एक युवक पक्राउ परेका छन।

अप्राकृतिक मैथुन  गरेको आरोपमा सोमबार पुनर्वास नगरपालिका-९ ख-गाउँका १९ वर्षीय राहुल पौडेल पक्राउ परेका हुन ।

युवकले आफ्नो घरमा टिभी हेर्न बोलाएर तीन वर्षिय बालकलाई  गरेको बालिकाका आफन्तले जानकारी दिए ।

बालकका आफन्तका अनुसार युवकले कोठाको ढोका थुनेर बालकलाई अप्राकृतिक मैथुन  गरेको बताए ।

बालकको मुलद्वारबाट रगत बगिरहेको थियो आफन्तले भने अवस्था गम्भीर देखिएपछी बालकलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको जानकारी दिए ।

पक्राउ परेका युवक पौडेललाई मंगलबार अप्राकृतिक मैथुन अन्तर्गत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा मुद्दा दर्ता गरि जिल्ला प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखेको प्रहरी निरीक्षक वकिल बहादुर सिहले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.