पुनर्वासमा दिउँसै एक मोटरसाइकल चोर रङ्गेहात पक्राउ

हेल्लो समाचारदाता

पुनर्वास –कंचनपुरको पुनर्वासमा दिउँसै मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसै पुनर्वास नगरपालिका-३,आई.बि.आर.डी. बाट चाबी लक गरिएको मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा पुनर्वास नगरपालिका-१ अंशुबर्माबस्तीको बिस्नु बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पुनर्वास नगरपालिका-१० का राम प्रकास रानाको आई.बि.आर.डी. बजारको एक पसल अगाडि पार्किङ गरेको   से. ३ प. ९७५६ नम्बरको सुपर स्पेलेण्डर मोटरसाईकल  चोरी भएपछि रानाले अस्थायी प्रहरी चौकी आई.बि.आर.डी.मा निवेदन दिएका थिए ।

 

निवेदनका आधारमा प्रहरीले खोजी गर्दा चोरी गरि डोर्‍याउदै ग्यारेजमा लक टोड्न लगेको र ग्यारेजमा लक नटोडीएपछी बिकले प्लग खोलेर मोटरसाइकल चलाएर लैजाने क्रममा प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताउनुभयो ।

 

मोटरसाइकल सहित रङ्गेहात पक्राउ परेको बिकलाई चोरी अन्तर्गत मुद्दा दर्ताका लागि जिल्ला पठाईएको प्रहरी निरीक्षक  सिंहले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.