वडा कार्यालय सार्ने विषयमा विवाद हुँदा लालझाडी गाउँपालिकाका अध्यक्षको पुत्ला दहन

हेल्लो समाचारदाता

लालझाडी , २७ कार्तिक – लालझाडी गाउँपालिका–३ को वडा कार्यालय सार्ने विषयमा विवाद उत्पन्न हुदै आएपछि स्थानीय वासिन्दाले आज गाउँपालिका घेराउ गर्दै अध्यक्षको पुत्ला दहन गरेको छ ।

विवाद बढ्दै जाँदा स्थानीय वडावासी लगायत नेकपाले वडा कार्यालयमा शुक्रवार तालाबन्दी गरेको ताला हिजो विद्यार्थी परिचालन गरेर ताला तोडेको स्थानीयले बताए ।

वडा कार्यालय अन्यत्र सार्न लागिएपछि तीन गाउँका स्थानीय बासिन्दासहित नेकपा लालझाडी गाउँपालिका–३ का नेता–कार्यकर्ताले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेरागर्दै कार्यालयको मेन गेटमा गाउँपालिका अध्यक्ष मदनसेन बडायकको पुत्ला जलाइएको छ । हिजो सरस्वती माबिका विद्यार्थी परिचालन गरेर ताला तोड्न लगाएकाले आज अध्यक्षको पुत्ला जलाइएको बताए ।

स्थानीय बासिन्दाको सहमतिविना वडा कार्यालय सार्न थालेपछि लालझाडीमा आन्दोलन चर्किन थालेको युवा नेता अमर सिह रानाले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो । उहाँले भने ‘यसबारे वडाध्यक्ष, गाउँपालिका अध्यक्षलाई अनुरोध गरेका थियौँ । कसैले सुनुवाई नगरेपछि ताला लगाउन बाध्य भएका थियौं, हिजो बालबालिका लाई प्रयोग गरेर ताला तोड्न लगाएको आरोपमा अध्यक्षको पुत्ला जलाईएको जनाए ।

लालझाडी–३ का वडाध्यक्ष टीकाराम चौधरीले वडा कार्यालय सार्न लागिएको नयाँ ठाउँ सबैलाई पायक पर्ने बताए । सबै प्रक्रिया पूरा गरेर वडा कार्यालय सार्न लागिएको उनको भनाइ छ । ‘वडा कार्यालयको जमिनका लागि १५ दिने सूचना जारी गरेका थियौँ, त्यतिवेला कसैले पनि वास्ता नै नगरकाले पायक पर्ने ठाउँमा सार्न लागेका हौं भने ।

यस विषयमा थप जानकारीका लागि लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकलाई बेलडाँडी पोष्टले फोन गर्न खोज्दा वहाँको फोन लागेको थिएन ।

– बेलडाँडी पोष्टबाट साभार

Facebook Comments
Down to post ads-480-38

Comments are closed.