ईज्जत जोगाउन मेला

सान्दाजु गोकुल

मान्छेका लागी संसारमा सबैभन्दा ठुलो कुरा ईज्जत हो । मान, सम्मान ईज्जत,प्रतिष्ठामा खलल पुग्ने कुरामा मान्छेले कुनै सम्झौता गर्दैन र गरीनु पनि हुँदैन । झन महिला र बालबालिका प्रति जो कोहि पनि चिन्तीत हुन्छन नै । नेपालका सिमानामा बसोवास गर्ने नेपाली यस्ता बिषयमा बढिनै चिन्तित देखिनु सोभाबिकै हो । भारत संग सिमाना जोडिएका नेपालका सबै भु–भागमा बसोवास गर्ने नेपालि चिन्तीत र असुरक्षीत महसुस गरीरहेका छन । केहि दिन पहिले मलाई सुदुरपश्चिम बाट तिहारमा कफिको निम्तो आएको थियो । मैले बिना हिच्किचावट स्वुकार्यको थिए ।

तिहारमा सुदुरपश्चिम आँउदा कफि खानेकुरा । मैले कफिसंगै धेरै गुनासा र निरासा पनि सुने । सिमानामा भएको ज्याजति र महिला, बालबालीका हरुको ईज्जत जोगाउन सुरुगरीएको मेला हेर्न पनि गए । भारतको खिरि जिल्लामा पर्ने सम्पुर्णनगरमा रातिको समयमा लाग्ने मेलामा नेपाली दर्शकलाई रोक्नको लागी नेपालमै मेला लगाउन नौ बर्ष पहिले देखि सुरु गरीएको रहेछ । मेला हेर्दा दुख मात्र सुनिएन भारत प्रति आक्रोसित भएका नेपाली युवाको आक्रोष पनि देखियो । खिरि जिल्लाको सम्पुर्णनगर र कञ्चनपुर जिल्लाको बिपट्टा बजारमा एक किलोमिटरको दुरीमा मात्र छ ।
सिमानामा नेपाली दर्शकलाई गरीने व्यवहारले आजित भएपछि मेला नेपालमै लगाउन सुरुगरीएको कुरा पनि मेला हेर्दा हेर्दै गरीएको कुरा कानिमा थाहा पाईयो । मेलामा भारतिय गित बजाउन र गाँउन समेत प्रतिबन्ध लगाएको देख्दा खुसिले झरेका आँसु थाम्ने सकेन । किनकी गोबिन्द गौतम त्यहि क्षेत्रका बासिन्दा थिए उनि सिमानाको लडाईमा शहिद भए । त्यस क्षेत्रका जनताले यो मेला नौ बर्षदेखि लगाउन सुरुगरेका रहेछन । भारतिय बजार सम्पुर्णनगरमा पनि तिहारको मौका छोपी रातिको समयमा मेला लाग्दो रहेछ । नेपाली हरुलाई आर्कसित गर्न विभिन्न किसिमका नृत्य देखाईदो रहेछ ।

त्यहि नृत्यमा नसाको तालमा झुमेका नेपालीहरु पैसाको वास्थानै नगर्दा रहेछन । उता नेपाली छोरी बहिनि हरुमाथि भारतिय युवाले लगाउने गिद्धे नजरले नेपाल भारतका युवाहरुविच झकडाको विउ रोपिदो रहेछ । जंगलको विचमा लाग्ने मेलामा नेपालीहरु लुटपाट संगै महिला हरुको समेत ईज्जत लुटिदो रहेछ । दैनिक उपभोग्य सामानको किनमेल देखि काम गर्न समेत भारतकै भर पर्ने त्यसक्षेत्रका जनताहरु रातिको मेला हेर्न जाँदा गरीने ब्यावहारले दिक्क भएपछि परि जान रोक्नकै लागी वारी मेला सुरुगरेका रहेछ । यो कुरा मलाई त्यस क्षेत्रका बासिन्दा तथा परोपकार युवा क्लका अध्याक्ष चन्द्र सिं बोगटीले बताएका हुन । पारी रोक्न वारी मेला लगाउन सुरुगरेपछि धैरै सुधार भएको बताउदै उनले थपे सिमानाको दुख सागर भन्दा गरीरो र हिमाल भन्दा ठुलो हुँदोरहेछ सिमानाका जनता अबिभावक गमाए जस्ता भयौ सर । तर बोगटीलाई मैले पत्रकार हुँ सम्म नभनेकोमा अहिले पछुतो लागेको छ । पत्रककार हुँ भनेको भए केहि अरु कुरा भन्थेकी ? म त्यो मेला हेर्न नेता तारालामा तामा संग गएको थिए । तिहारमा कफिको निम्तो दिने तामाङले कफिको सुर्को संगै गुनासा र निरासाका कुरा सुनाए ।

तामाङले नै मलाई दिउँसो गोविन्दको हत्या भएको ठाँउ देखाए उन्को नाममा निमार्ण गरीएको उद्योन पनि घुमाए पछि राति मेला हेर्न बिचपट्टा तिर लगेका हुन । मेलाको समापन कार्यक्रममा प्रमुख अथिति भएमा नेता तामाङले मलाई पनि आफुसंगै बस्न आग्रह गदै अथिति समेत बनाए । तामाङ सुदुरपश्चिम प्रदेस नेकपाका प्रमुख सचेतक हुन । कञ्चनपुरको सिमाना भारत संग जोडिएको छ । ब्रहमदेव,गड्डाचौकि, दोधारा चादनि देखि विचपट्टा डोकेबजार सम्मको सिमाना भारत संग जोडिएको छ । महाकाली पारीको दोधारा चाँदनिमा भने आर्थिक कारोवार नै भारतिय रुँपैयामा हुने गर्दछ । सिमाना मात्र जोडिएको छैन प्रर्यटकीए क्षेत्र प्यारातालमा भारतियको मनमौजी चल्छ ।

कञ्चनपुर जिल्लाको शारदा नहर उत्तर टनकपुरमा २२२ बिघा जमिन भारत सरकारले अतिक्रमित गरेको छ । सीमा स्तम्भको निशाना नै नरहने गरी भत्काइएको छ । ब्रह्मदेव मण्डीमा सीमा स्तम्भ गायब गरेर अतिक्रमण गरिएको छ । महाकाली सन्धीमा पानि आधा आधा भनेपनि हिउँदमा खेतिपातिको समयमा नेपाल तर्फ पानिनै नपठाउने र वर्खा सुरुभएपछि नेपाल तिरका ढोका खोली नेपाली हरुलाई दुख दिने छाडेको छैन । डोके बजार क्षेत्रमा बेला बेला दुधुवा नेस्नल पार्कको सुरक्षको नाममा नेपाली जनतालाई दुख दिन छाडेको छैन । केहि बर्ष पहिले प्याराताल नेपालले संरक्षेण गर्दथ्र्याे र तालमा माछामार्ने ठेक्कासमेत जिल्ला बिकास कार्यलय कञ्चनपुर बाट हुनेगर्दथ्यो । अहिले भारतिय पक्षले पनि तालमा माछाको ठेक्का गर्ने गरेको छ । अहिले ताल पनि भारतमा नै पर्दो रहेछ ।
कफि पिउदै गर्दा तारालामा तामाङले भनेका थिए खुला सिमाना भएकै कारण सिमार्वती गाँउमा लागुऔषध कारोवार समेत बढेका छ । र्भखर र्भखर पहाड बाट तराई झरेका युवाहरुलाई लक्षीत गरी भारतिय युवाहरुले लागुऔषध कारोवार गर्ने गरेको र खुला सिमाना भएकै कारण रोकथाममा समस्या आएको पनि बताएका थिए । उनले निरास हुदै भने हामिले सोचेको समाज निर्माण गर्न सकेनौ । नेपाल भारत र चिन दुई ठुला छिमेकिको बिचमा रहेको छ । भेषभुष, भाष,संस्कृति, खुला सिमाना भारत संग भएपनि भारतबाट नै नेपाली जनताले दुखपाउने गरेका छन । चिनबाट भने नेपालले दुख पाएको छै सिमाना समेत लुटिएको छैन । सिमाविद बुद्धिनारायण श्रेष्टको भनाई मान्नेहो भने चिनमा परेको गौरीसंकर हिमाल र आधा चिनमा परेको लाङटाङ क्षेत्र चिनले नेपाललाई र्फकाएको थियो ।
तर भारतले कहिलै असल क्षिमेकिको भुमिका निर्वाह गर्न र नेपाली जनताको मन जित्न सकेन । म कञ्चनपुर बाट र्फकेको केहि दिनमा सुदुरपश्चिमकै कालापानि भारतले आफ्नो सिमाना भित्र पारेको नक्सा र्सावजनिक ग¥यो । सुदुरपश्चिम मात्र होईन देशनै आन्दोलीत भएको छ । भारत संग सिमाना जोडिएका सबै जिल्लामा जनताले सास्ती बेहोरी रहेका छन । नेपाल सरकारले कुटनितिक पहल गर्न सकेको छैन । नेपालको ६० हजार हेक्टर हेक्टर भुभाग भारतले कब्जा गरेको छ । ईतिहास पढाउने सरले भनेका थिए नेपालको सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको गरेको हस्तक्षेप नेपाल सरकारले रोक्न सकेका छैन । जस्ले गर्दा नेपाली जनताले दुख पाउनु परेको छ । जमीनको लालपुर्जा नेपाली नापी विभागले दिएर नेपाली जनताको हातमा भएपनि जमिन भारतियले कब्जा गरेको बसेको छन ।
भारतसंग सिमाना जोडिएका २७ वटा जील्लाहरू छन र लगभग भारतले सजीलो ठाउमा अतिक्रमण गर्ने गरेको पाइन्छ । सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको छ । चिनसंग भारतले युद्ध हारेपछि १८५६ सालमा नेपालको कालापानि, लिम्पियाधुरा कब्जा गरेको हो । हाल आएर लिम्पियाधुरा नेपालको सरकारी नक्सामा समेत समावेश गरिएको छैन । नेपाल भारत सिमानामा भारत ले लगभग ८६ स्थानमा अतिकर्मन गरेको भएपनि नेपाल सरकारको तर्फबाट कुनै पहल भएको देखिदैन । दुई देशिय सचिव स्तरीय सिमा समस्या समधान समिति गठन भएपनि काम गर्न सकेको छैन ।

नेपाल को करिब ६० हजार हेक्टर जमिन पनि भारत ले हडपेको छ । सीमा क्षेत्र अतिक्रमणमा दार्चुलाको कालापानीमा चीन र भारतबीच युद्ध भएका बखतदेखि ३७२ वर्ग किमी क्षेत्र भारतीय सेनाले अतिक्रमण गरेर राखेको छ । माथि उल्लेखित भारतले नेपाललाई सिमानामा दिएको दुख हुन । यो कुटनितिक तरह बाट समस्या समाधान गरीनु पर्छ । नेपाली जनताले सिमानामा जोगाउन जाग्रम बस्नु पर्ने र ईज्जत जोगाउन मेला लगाउनु पर्ने अवस्थाको नेपाल सरकारले अन्य गर्नु पर्छ । आफ्नो स्वाभिमान गुम्न दिनुहुन्न । कफिको निम्तो मान्न जाँदा देखेको र सुनेको दुख अर्को बर्ष अर्कै निम्तोमा सिमानामा खुसि नेपाली देख्न पाईयोस । अर्को निम्तोमा सिमानामा सुखि र खुसि नेपाली असल छिमेकीको गुनासो होईन बयानगर्ने रहर छ तारादाई । भारतले लगाएको नाकाबन्दीको सामना गर्ने ओलिसरकारले सिमानाको समस्या समाधान गर्नतिर ध्यान दिईयोस । तारादाई ईज्जत जोगाउन बिचपट्टामा मेला व्यबस्थापन संगै सिमाना जोगाउन कालापानिमा सेना राख्न कुटनितिक पहल गर्नेकी ?

लेखक कंचनपुरका पत्रकार पनि हुन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.