अश्लिल सेल्फि खिच्ने बेलौरी मालपोत प्रमुख ऐडीको बयान लिईयो

हेल्लो समाचारदाता

बेलौरी, कञ्चनपुर / असोज ३० – मंगलबार अश्लिल सेल्फि खिच्ने बेलौरीका मालपोत प्रमुखको बयान लिईएको छ। 

परस्त्रीसँग अश्लिल सेल्फि खिचेको भन्दै पक्राउ परेका मालपोत प्रमुख भोजबहादुर ऐडीको बयान लिईएको हो ।

पक्राउ परेका मालपोत प्रमुख ऐडीको बयान लिने काम सकिएको प्रहरीले जनाएको छ।  ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी नीरिक्षक रणबहादुर चन्दले सरकारी वकिलको रहोबरमा ऐडीको बयान लिईएको जानकारी दिए।

उनले ऐडीसंगै महिलाको बयान लिने काम पनि मंगलबार नै सकिएको तर उनका परिवारको कागज गर्न बाँकी रहेको बताए। महिलाका परिवारका सदस्यको कागज गरेर एक / दुई दिन भित्रै जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरिने प्रहरी निरिक्षक चन्दले बताए।

जिल्ला अदालत कञ्चनपुरले गत असोज २३ गते प्रहरीलाई दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न १० दिनको समय दिएको थियो।

मालपोत कार्यालय बेलौरी प्रमुख ऐडीको स्थानीय विवाहित महिलासँग खिचिएको अश्लिल सेल्फि फोटो ती महिलाकै मोबाइलमा भेटिएपछि रहस्य बाहिरिएको थियो।

उनका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको निरिक्षक चन्दले बताए ।

-रेडियो सुदुर सञ्चारबाट

Facebook Comments
Down to post ads-480-38

Comments are closed.