कंचनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हेल्लो समाचारदाता

कञ्चनपुर , २९ असोज ।कञ्चनपुरमा एक वृद्धको बाख्रा चराउन जंगल गएको समयमा हात्तीले ज्यान लिएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ७० वर्षीय बलदेव बोहराको जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको हो।

स्थानीय सिद्धबैद्यनाथ सामुदायिक वनमा बाख्रा चराउन जाँदा उनी हात्तीको आक्रमणमा परेका थिए। हात्तीले आक्रमण गर्दा भागेका अर्का स्थानीयको अवस्था खुल्न नसकेको वडा नम्बर १ का अध्यक्ष हरि बिष्टले जानकारी दिए।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.