होटेलबाट १० जुवाडे पक्राउ

मोहन बिष्ट
कञ्चनपुर, २९ असोज ।
कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गेपुल छेउमै रहेको एक होटेलबाट १० जुवाडे पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालिका–४ को रिर्भर साइड होटेलबाट जुहाडे पक्राउ गरिएको बताए ।
प्रहरी निरीक्षक पनेरुका अनुसार उक्त होटलमा राति जुवातास खेलिरहेकै अवस्थामा जिल्ला ईप्रकाको टोलीले पक्राउ गरेको हो । प्रहरीले जुहाडेसहित एक लाख, तीन हजार पाँच सय ६ रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १० जना ईलाका प्रहरी कार्यालय दोधाराको नियन्त्रणमा रहेका छन् ।
कञ्चनपुर प्रहरीले जुवा खालबाट पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन् । पर्यटकीय क्षेत्रमै रहेका होटेलमा जुवातास जस्ता गैर कानुनीधन्दा हुँदा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । खेल्ने र खेलाउने विरुद्ध कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । लाखौँको जुवा हुने र जसबाट आपसमा झैझगडाबाट वैमनस्यता हुने भएकाले तिहारको समयमा जुवातासमा विषेश निगरानी बढाएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.