बेलडाँडी गाउँपालिकाद्वारा सर्पदंशका बिरामीहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा

हेल्लो समाचारदाता

बेलडाँडी-बेलडाँडी गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले बेलडाँडी क्षेत्र भित्रका सर्पदंश बिरामीहरुलाई सर्पदंश विरामी उपचारका केन्द्र संम्म निःशुल्क एम्बुलेन्स दिने निर्णय गरेको छ ।

बेलडाँडी गाउँपालिका भित्र सर्पदंश उपचार गराउने श्रोत साधन ब्यावस्थापन नहुन्जेल सम्म बेलडाँडीका सर्पले टोकेका विरामीलाई निःशुल्क उपचार केन्द्र धनगढी, झलारीको अर्जुनी ब्यारेक सम्म पुर्याउने जिम्मा बेलडाँडी गाउँपालिकाले लिने बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बेलडाँडी गाउँपालिकामा सर्पदंशका विरामी बढेपछि तत्काल बिरामीलाई सहजका लागि यो निर्णय गरेको जनाउनु भयो ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाक्षेत्रीले भने बेलडाँडीमा सर्पदंशको उपचारका लागि पहल गरेको बताउदै तत्काल सर्पले टोकेका विरामीलाई उपचार केन्द्र सम्म पुर्याउनका लागि गाउँपालिकाले पहल गरेको बताए ।
बेलडाँडीका स्थानीयले यस्तो निर्णय जनहितकारी भएकोे भन्दै स्वागतयोग्य निर्णय भएको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.