आफु जलेर जनतालाई उज्यालो दिईरहेका छौँ : अध्यक्ष नेपाली

हेल्लो समाचारदाता
गोकलपुर,२८ असोज–क्षेत्रीय ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष किसन नेपालीले अाफु जलेर जनतालाई उज्यालो दिइरहेको बताउनु भएको छ ।

साेमबार बलाैरी नगरपालिका २ गाेकुलपुरमा अायाेजना गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालीले उक्त कुरा बताउनु भएको हाे । नेपालीले आफुहरु (ग्रामीण विद्युत् सहकारीकर्मीहरु) लाई सरकारले उपेक्षा गरेको गुनासो गरेका छन् । क्षेत्रीय ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड कञ्चनपुरले बेलौरीको गोकुलपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकांश विद्युत् सहकारीकर्मीहरुले तीन तहका सरकार भएपनि विद्युतीकरणमा कुनै पनि चाँसो नदिने गरेको प्रति गुनासो गरेका हुन् ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै विदेशी संस्था डेनेडाको सहयोगमा स्थापना गरिएका ग्रामीण विद्युत् सहकारी संस्थाहरुले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् खरिद गरी उपभोक्ताहरुलाई सेवा प्रवाह गर्ने गरेको क्षेत्रीय ग्रामीण विद्युत् सहकारी संस्थाका सचिव बद्रि प्रसाद रेग्मीले बताउनु भयो । कुनैपनि समस्या आउँदा सहकारी आफैले व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण उपभोक्ता मर्कामा पर्ने गरेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने सहकारीकर्मीहरुको माग रहेको छ ।

यसैबीच, बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले ग्रामीण विद्युत् सहकारी संस्थाहरुले विद्युतीकरणमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ । स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्ने सन्दर्भमा आवश्यक सहयोग गर्न बेलौरी नगरपालिका तयार रहेको उहाँले आश्वासन दिनुभयो ।

कार्यक्रममा उक्त सहकारी संस्थाका अध्यक्ष किसन नेपालीको सभाध्यक्षता रहेको थियो भने बेलौरी नगरपालिकाका नगर उप प्रमुख चित्र कुमारी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट आतिथ्य बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलवीर चौधरी, ३ का वडाध्यक्ष नेत्रराज गिरी, नेकपा नगर सचिव हर्क भूल, लक्ष्मी मावि जबदीयाका प्रधानाध्यापक विरेन्द्र सिंह भण्डारीको रहेको थियो ।

त्यस्तै, नेपाली कांग्रेस जिल्ला सदस्य खिना भण्डारी, ज्येष्ठ नागरिक फूलचरण चौधरी, कृषि शाखा प्रमुख शुशीला बोहरा,केन्द्रीय महासंघ उपाध्यक्ष गोविन्द भट्ट, अछामी समाजका अध्यक्ष मिन कुँवर, विक्रम चन्द, गोकुलपुर बजारका भलमन्सा राज बहादुर चौधरी, नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष विष्णुमाया पार्कीको आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य ज्योती ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष झक बहादुर शिरिषले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव बद्रि प्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका कर्मचारी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.