पुनर्वासमा अटो चालकद्वारा अटोमा सवार युवतीलाई जबर्जस्ती करणी

पक्राउ परेका अटो चालक महरा विरुद्ध जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता

हरिलाल जोशी
पुनर्वास /२५ असोज –कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा आफ्नै अटोमा सवार युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले अटो चालकलाई पक्राउ गरेको छ ।

बिहिवार पुनर्वास नगरपालिका ७ को ३१ वर्षिय अटो चालक भरतसिंह महरालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

माइतीघर बाट घर फर्कदै गरेकी महिलालाई अटो चालक महराले बिहिवार राती साढे नौ बजे तिर पुनर्वास ९ कि १८ वर्षिय एक युवतीलाई पुनर्वास नगरपालिका स्थित कगाउ र ख गाउँको  बीचमा पर्ने जनजागरण सामुदायिक वन भित्र लगि जबर्जस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

अटोमा सवार युवतीले बन भित्र लैजादा गुहार मागे पछि स्थानीयले खोजी गरि अटो चालक महरालाई प्रहरीमा बुझाएको प्रहरी निरीक्षक सिंहले बताए । प्रहरीले पक्राउ गरेका अटो चालक महरालाई शुक्रवार पिडित युवतीकी सासुले निवेदन दर्ता गरेपछि महरालाई जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक सिंहले बताए ।
युवती डोकेबजार देखि महराको अटोमा आएकी थिइन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.