अनैतिक सम्बन्ध राखेको आरोपमा मालपोत कार्यालय बेलौरीका प्रमुख ऐडी प्रहरी हिरासतमा

हेल्लो समाचारदाता

बेलौरी , असोज २२ । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडी विरुद्ध परस्त्री संगको अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
केही समय अघि मालपोत कार्यालय बेलौरीमा कार्यरत ऐडी र बेलौरी नगरपालिका वडा  नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालकी श्रीमती सञ्जु शर्मा ढकाल बिच अबैध सम्बन्ध भएको थाहा पाए पछि दुबैलाई आवश्यक कार्वाहीका लागि प्रहरीको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

अहिले दुवै जना इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेका छन । प्रहरीले उनिहरुलाई बुधबार नियन्त्रणमा राखेको थियो ।  शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी तथा महिला सञ्जुका दुई  छोरा रहेका छन् ।

शाखा अधिकृत ऐडिलाई केही साता अघि प्रकृया मिचेरै मन्त्री मगरले उपसचिवको दरबन्दी हुँदाहुँदै बेलौरी  नगरपालिकामा  प्रमुख कार्यकारी अधिकृतको सट्टामा सरुवा गरेको आरोप लागेको थियो । नगरपालिकामा कार्यरत उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदै अर्को हाकिम ल्याइएको बिवाद बढे पछि ऐडीको बैतडी सरुवा भएको थियो ।

-रेडियो बेलौरीको वेबसाईटबाट साभार

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.