पुनर्वास नगरपालिकाका मेयर र उपमेयरद्वारा नगरबासीहरुमा वडादशैंको शुभकामना व्यक्त

हेल्लो समाचारदाता

धनगढी , १८ असोज
पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र  शारदा बिष्ट धामीले वडादशैंको शुभकामना व्यक्त गरेका छन् । शनिवार शुभकामना सार्वजनिक गर्दै नेपालीहरुको महान चाँड वडादशैंले आपसी एकता र सदभाव कायम गर्दै नगरपालिकाको समृद्धि र विकासमा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।
हिन्दुहरुको महान पर्व विजया दशमी, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको जिवनमा सुख, शान्ति र समृद्धि ल्याउन देवी दुर्गाले शक्ति प्रदान गरुन भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ ।


दशै असत्य माथि सत्यको विजय उत्सव हो । दुर्गा भगवतीले दानवीय शक्तिमाथी विजय हासिल गरेको खुसियालीमा प्रसादको रुपमा रातो टिका र जमरा लगाउने प्रचलन रहेको छ । आफू भन्दा ठुला मान्यजनबाट टिका ,जमरा ग्रहण गर्ने र मिठो मसिनो खाएर मनाउने यस पर्वको ठूलो धार्मिक तथा सामाजिक महत्व रहेको छ ।
पुनर्वास नगरपालिकाले हरेक जाति, बर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको अवगत गराउन चाहन्छौं । यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता,आपसि सद्भाव र सम्वन्धलाई थप मजबुद बनाउने गर्दछ ।
अन्तमा दशैंपर्वलाई अनावश्यक खर्चिलो, भड्किलो नबनाउन र यस पर्वलाई सभ्य, भब्य बनाउन आमनगरवासीमा अनुरोध गर्नुभएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.