सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्धारा दशैंको शुभकामना व्यक्त

हेल्लो समाचारदाता

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले वडादशैंको शुभकामना व्यक्त गरेका छन् । आज (शनिवार) शुभकामना वक्तव्य सार्वजनिक गर्दै नेपालीहरुको महान चाँड वडादशैंले आपसी एकता र सदभाव कायम गर्दै प्रदेशको समृद्धि र विकासमा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

देश विदेशमा रहेका प्रदेशवासीको सुस्वास्थ्य, दीर्घायुकसाथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री भट्टले दशैलगायतका चाँडपर्वमा मितव्ययीता अपनाएर हर्सोउल्लासकासाथ मनाउनसमेत आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले बक्तव्यमा भनेका छन् जनअपेक्षा अनुसार प्रदेशका प्राकृतिक स्रोत साधन प्रयोग गरेर सरकारले कृषि, जलस्रोत, पर्यटन र जडिबुटीलाई प्राथमिकतामा राखी शिक्षा, स्वास्थ्य, बेरोजगारी समस्या हल गर्न कटिवद्ध रहेकोले सबैमा हातेमालो गर्न आग्रह गरेका छन् ।

वडा दशैंले हामी सबैमा सामाजिक संस्कृतिक एकता तथा परिवारीक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.