पुनर्वास उद्योग बाणिज्य संघद्वारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम मनाईयो

हेल्लो समाचारदाता
पुनर्वास,१८ असोज–उद्योग बाणिज्य संघ पुनर्वासद्वारा विजया दशमी,दिपावली तथा छठ पर्वको पावन अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार आफ्नै सभाहलमा एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै उद्योग बाणिज्य संघ पुनर्वासले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
विजया दशमी ,दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उद्योग बाणिज्य संघ पुनर्वासका अध्यक्ष कृष्ण बहादुर तामाङको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमूख जिवनराज थापाको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो भने विभिन्न तह–तप्काबाट पाल्नुभएका समाजसेवी,बुद्धिजीवि,विभिन्न राजनितिक पार्टीका प्रतिनिधि,जनप्रतिनिधि,सुरक्षा निकायका प्रमूख,व्यापारीहरुको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा सहभागी वक्ताहरुले दशैं,दिपावली तथा छठ पर्वको शुभकामना एक आपसमा आदानप्रदान गर्दै पुनर्वासका बजारहरुमा देखिएको मन्दी व्यापार, अवैध खुल्ला नाका व्यवस्थापन,लागुऔषध दुव्यर्सनी नियन्त्रण,जुवातास नियन्त्रण,सवारी नियमित जाँच आदि विषयमा पनि सम्बन्धित निकायले निराकरण तर्फ चासो र चिन्ताका साथ आफ्नो कदमी आजैबाट अघि सार्नुपर्ने बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.