गुलरियामा बसको ठक्करबाट चितलको मृत्यु

हेल्लो समाचारदाता

कञ्चनपुर ,१५ असोज । गुलरिया कञ्चनपुरमा नगपालिकाको आमखैयामा बसको ठक्करबाट चितल मरेको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका गुलरियामा बुधबार दिउँसो महेन्द्रनगरबाट धनगढी धनगढीतर्फ जाँदै गरेको से १ ख २१५४ नम्बरको बसले ठक्कर दिँदा चितल मरेको हो ।


ईलाका प्रहरी कार्यालय गुलरियाका अनुसार चितललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ । मरेको चितल बाणि वन कार्यालयलाई बुझाईएको गुलरीया ईलाका प्रहरी कार्यालय प्रमुख साउँदले जानकारी गराए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.