बाजुराको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ

हेल्लो समाचारदाता

बाजुरा १३असोज।  सदरमुकाम मार्तडीमा रहेको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ गरेकाे छ । नगदसहित जुवा खेलिरहेकाे बेला प्रहरीले जुवाडेलाई रङगे हात पक्राउ गरेकाे छ। प्रहरीले साेमबार बिहान ११ बजे जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले राेयल हाेटल संचालक अन्तिम जगं शाही, बडीमालिका नगरपालिका वडा ९ का चन्द्र बहादुर थापा, धिरेन्द्र बहादुर शाही, रनदिप बुढा, जगत भण्डारी र स्वामिकार्तिक वडा नं.२ का हिक्मत बुढालाई पक्राउ गरेकाे हाे । जुवाको दाउमा राखेको नगद ३० हजार ७ सय नगद र ताससहित बरामद गरीएको छ । पक्राउ परेका उनीहरुकाे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.