धनगढी उप–महानगरपालिकाको गाडीको ठक्करबाट एक जना घाईते

हेल्लो समाचारदाता
धनगढी,१० असोज

धनगढी उप–महानगरपालिकाको गाडीको ठक्करबाट एक जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १ कवर्डहल नजिक उप–महानगरपालिकाको बा १ झ ८१४० नम्वरको जीपको ठक्करबाट एक जना घाईते भएका हुन्।

जीपले से ५ प ३२८७ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक कैलारी गाउँपालिका वडा नम्वर ६ का हर्कवहादुर चन्द घाईते भएका हुन्। उनको हात र खुट्टामा चोट लागेको र प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.