पुनर्वासमा बालक अपहरण प्रकरण : पक्राउ परेका दुई जोगी प्रहरी अनुसन्धान पछि मुक्त

हरिलाल जोशी
पुनर्वास / भदौ २७
कंचनपुरको पुनर्वासमा बालक अपहरण गर्ने गिरोह भनी स्थानीयले पक्राउ गरि बुझाएका दुई भारतिय जोगी प्रहरी अनुसन्धान पछि शुक्रबार छुटेका छन् ।
बिहिवार दिउँसो बालकलाई मिठाई,बिस्कुट दिदै गरेको अवस्थामा देखेपछि पुनर्वास नगरपालिका-३,आई.बि.आर.डी. बाट ती दुई भारतिय जोगीहरुलाई स्थानीयहरुको सहयोगमा प्रहरीले पक्राउ गरेका हुन ।

केही दिन अघि मात्रै साधुको भेषमा आएका अपहरणकारीहरुले पुनर्वास नगरपालिका-४ का एघार बर्षिय जगत दमाईलाई सिमावर्ती भारतीय बजार बसहीबाट अपहरण गरेर लगेका थिए ।

अपहरण भएको बालकले आनन्द बजारबाट बसही बजार जाँदै गरेका ती साधुहरुले आफ्नो घरपरिवारको बिसयमा सोध्दा आफुले नढाटी सबै कुरा भन्दै जादा मेरो ठुली दिदी दिल्लीमा छ भनेपछी दिदिको घर पुर्याइदिन्छु भनेका साधुहरुले मलाई बसहीमा समोसा र जलेभी खुवाएको बताए । जलेभी खाएपछी आफुलाई के के भयो केही थाहा नभएको र केही समय पछि होसमा आउँदा मलाई बोरा भित्र हालेर रसीले बाधेर साईकलमा लग्दै गरेको थाहा पाए र सास फेर्न नपाएर उकुसमुकुस भएर छट्पटीदै थिए त्यतिबेला नजिकै तामाङ भाषामा कुरा गरेर बाटोमा मान्छे हिडेको सुनेपछि आफु जोडले हल्लिएर कराएपछी मलाई ती तामाङहरुले अपहरणकारी साधुको बोराबाट भारतको सम्पूर्णानगर नजिकैबाट मुक्त गरिदिएपछी त्यहाँ बाट डराउदै भागेर घर आए बालकले भने तर बचाउने तामाङहरु को हुन र कस्ता थिए मलाई आत्तिएर केही थाहा छैन ।”

सो बालकले आफुलाई अपहरण गर्ने व्यक्तिहरु यिनिहरु नै हुन भनी बिहिवार पक्राउ परेका ती दुई जोगीलाई किटानी दिएका थिए । तर शुक्रबार प्रहरी अनुसन्धान , बालकका अभिभावक र पुनर्वासका महिला अधिकारकर्मीले ती जोगीहरु अपहरणकारी नभएको पुष्टि गरेपछि उनीहरुलाई प्रहरी हिरासतबाट चौबीस घण्टा पछि छोडिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.