भारतीय ब्यापारीद्वारा पुनर्वासका एक वडा सदस्यलाई निर्घात कुटपिट

हरिलाल जोशी
पुनर्वास /भदौ २७
कञ्चनपुरको पुनर्वास नगरपालिका वडानम्बर ६ का वडा सदस्य पृथ्वी गुरुङलाई भारतीय ब्यापारीले निर्घात कुटपिट गरेका छन ।

बुधबार बिहान भारतीय सिमावर्ती बजार मिलन बजार गएका सदस्य गुरुङ्गमाथी भारतीय व्यापारीले निर्घात कुटपिट गरेका हुन् ।

घरायसी सामान खरिद गर्न भारतीय सिमावर्ती बजार मिलन बजार गएका वडा सदस्य गुरुङ्ग र मुकेश नाम गरेका भारतीय व्यापारीे बिच सामान खरिद गर्दै गर्दा नेपाली र भारतीय रुपैयाको हिसाब गर्ने क्रममा विवाद भएको थियो ।

वडा सदस्य गुरुङले नमकिन खरिद गर्दा आफू ठगिएको महशुस भएपछि मैले सामान फर्काउन र आफ्नो पैसा फिर्ता लिन खोजे । तर मुकेशका छोरा सन्तोषले सामान फिर्ता गर्न मानेनन् ,उल्टै गाली गरे मैले किन गाली गर्छस ! तेरो सामान लैजा,मेरो पैसा फिर्ता दे भनेर भने तर त्यति भनेको मात्र के थिए , मलाई वरिपरिबाट घेरेर मुखमा पट्टी बाधेका पाँच जनाले छाती र पेटमा लट्ठी,लात्ता र मुक्काले टाउकोमा लठ्ठीले प्रहार गरे उनले भने त्यसपछि मेरो टाउकोबाट रगत बगीरहेको थियो म भागेर नजिकै रहेको भारतीय सिमा सुरक्षा बल(एसएसबी)को क्याम्पमा गएर मद्दत मागे । तर एसएसबीले कोतवाली(थाना) जाउ, हामी केही गर्न सक्तैनौ भनेर भनेपछि सकि नसकी आफू ज्यान बचाएर घर फर्के ।”

आक्रमणमा टाउको र छातिमा गम्भीर चोट लागेका गुरुङ हाल उपचार पश्चात् अस्पतालबाट घरमा फर्किनु भएको उनकी श्रीमतीले जानकारी दिईन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.