राती अबेर सम्म मदिरा पसल खोल्ने र बिना कारण बाटोमा हिड्ने जो कोहिलाई कार्वाही गर्नु : नगर प्रमुख थापा

हरिलाल जोशी
पुनर्वास र २२ भदौ
कंचनपुरको पुनर्वासमा देखिएको लागुऔषत प्रयोगकर्ताहरु र ओसार पसार गर्ने गिरोहहरुलाई नियन्त्रणमा लिई स्वतन्त्र तरिकाले कार्वाही गर्न अनुरोध गर्नुका साथै राती दश बजेको समय भन्दा पछि खुल्ला रहने पुनर्वासका पसल र बाटोमा हिड्ने जो कोहीलाई नियन्त्रणमा लिई कार्वाही गर्न नगर प्रमुख जिवनराज थापाले सुरक्षा निकायलाई आग्रह गर्नुभएको थियो ।

आइतबार निजामती सेवा दिवसको अवसरमा सुरक्षा निकायलाई विपद ब्यवस्थापन सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख थापाले यस्तो बताउनुभएको हो ।

नगर शिक्षा समिति पुनर्वासका विद्यालय निरिक्षक शिवराज भट्टको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख अतिथ्यि रहेको कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्ट धामी बिशिष्ट अतिथ्यमा रहनुभएको थियो ।

त्यस्तै विशिष्ट अतिथिको आशनबाट बोल्नु हुदै नगर उपप्रमुखले विपद उद्धारका लागि सर्वश्रेष्ठ सुरक्षा निकाय हुने भएका कारण उद्धारमा सहजता होस भन्ने हेतुले सो विपद् उद्धार सामग्रीे
सुरक्षा निकायलाई हस्तान्तरण गरेको बताउनु भयो । उहाँले सुरक्षा निकायलाई पुनर्वासमा भइरहेका गलत गतिविधि नियन्त्रणमा कटिबद्ध भइ लाग्न र नियन्त्रण गर्दा श्रोत साधनमा आवश्यक पर्ने इन्धन नगरपालिकाबाट उपलब्ध गराउने बताउनुभयो ।

नगरपालिका कार्यालय अन्तर्गतका निजामती कर्मचारीहरु, जनपद प्रहरी र सशस्त्र प्रहरीहरु, जनप्रतिधिहरु लगायतको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरु ले आ–आफ्नो ओजपूर्ण मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा १२ गोटा बेल्चा, १२ गोटा गैति, १९ गोटा लाईफ ज्याकेट, ७ गोटा स्टेचर, १२ रोल डोरी, १२ गोटा कोदालो, ७ गोटा बन्चरो, १२ गोटा हसिया, २३ गोटा ट्युब, ७ गोटा सब्बल, १४ गोटा बाल्टी २३ जोर बुटजुत्ता र रेनकोट २३ जोर सशस्त्र प्रहरी बल बिओपी पुनर्वास, ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी. अस्थायी प्रहरी पोष्ट पचकडिया, अस्थायी प्रहरी पोष्ट, खड्डालाई सो विपद उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
रेडक्रस सोसाइटी उपशाखा पुनर्वासका अध्यक्ष विष्णुभक्त पौडेलको स्वागत मन्तव्य सगैँ सुरु भएको कार्यक्रमको सञ्चालन विपद व्यवस्थापन समितिका सदस्य ओमनाथ ढकालले गर्नुभएको थियो

Facebook Comments
Down to post ads-480-38

Comments are closed.