पुनर्वासमा पनि मनाईयो राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण दिवस

हरिलाल जोशी

पुनर्वास /२० भदौ 

“यो वर्ष सरकारको प्रतिवद्धता ,मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता ” भन्ने मुलनाराका साथ कञ्चनपुरको पुनर्वासमा १३ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण दिवस सम्पन्न भएको छ ।

पुनर्वास नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा भएको १३ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण दिवस विभिन्न कार्यक्रम गर्दै शुक्रबार सम्पन्न भएको हो ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको संयोजकत्वमा भएको सो कार्यक्रममा विभिन्न नारा र प्लेकार्ड सहित नगरपालिकाको कार्यालयबाट पुनर्वासको आई.बी.आर.डी. बजार परिक्रमा गरि पुनः नगरपालिकाको भवनमा आएर अन्र्तक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमूख जिवनराज थापाले खुल्ला सीमा नाका भएका कारण ७७ वटै जिल्लाका मान्छेहरु बेचबिखनका लागि पुनर्वास हुँदै भारत ओसारपोसार गर्नेे ट्रान्जिट पोईन्ट बन्दै गईरहेको बताउनुभयो । उँहाले यस विषयमा सम्बन्धित निकायको मात्रै जिम्मेवारी हो नभनि आ–आफ्नो क्षेत्रबाट सबै पुनर्वासीहरु जागरुक भए मानव बेचविखन पुरै नियन्त्रण हुने बताउनुभयो ।

७७ वटै जिल्लाका मान्छेहरुको बसोबास र खुल्ला नाका भएका कारण अन्य क्षेत्र भन्दा पुनर्वासबाट निकै सहज ढंगले मानव बेचविखन हुने गरेकोे नगर उपप्रमुख शारदा बिष्ट धामीले बताउनुभयो ।पुनर्वास नाकाहरुमा प्रहरी र महिला अधिकारकर्मीको निगरानी बढेसङ्गै   केही समययता  मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमि आएको उपप्रमुख धामीले बताउनुभयो ।

त्यस्तै , पुनर्वासकी महिला अधिकारकर्मी बसुन्धरा बस्नेतले बढ्दो सहरीकरण, शिक्षा, आर्थीक अभावका कारण दिनप्रतिदीन मानव बेचबिखनका घटना बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा शिदार्थ पब्लिक स्कुलका बिद्यार्थीहरुले बेरोजगारीका कारण यस्ता मानव  बेचबिखनका घटनाहरुमा वृद्धि हुने गरेको र सम्बन्धित निकायले समय-समयमा जनचेतना मुलक कार्यक्रम संगै सिपमुलक कार्यक्रमको आयोजना पनि गर्नुपर्ने बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै पुनर्वासका खुल्ला सीमा नाकाको प्रयोग गर्दै भारततर्फ लैजादै गर्दा सीमा नाकाबाट १४ जना महिलाको उद्वार भएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति पुनर्वासकी सदस्य तथा महिला अधिकारकर्मी सुकमाया मोक्तानले बताउनुभयो ।

जनप्रतिनिधि ,विद्यार्थी ,शिक्षक,सुरक्षाकर्मी र स्थानिय महिला अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा  महिला तथा बालबालिका शाखा पुनर्वासकि रिता मल्लले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.