पुनर्वासमा वडा स्तरीय नकआउट फुटबल खेलको उद्घाटन

हेल्लो समाचारदाता
पुनर्वास / १८ भदौ
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ ,स्थित भानु युवा क्लवको आयोजनामा भएको वडा स्तरीय फुटबल प्रतियोगिताको उद्धघाटन भएको छ ।
बुधबार एक कार्यक्रमका बिच प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्धघाटन भएको हो ।
क्लवका अध्यक्ष पदम पुजाराको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष विरबहादुर बोगटी र पुनर्वास नगरपालिका–६ का वडा अध्यक्ष मनबहादुर गुरुङको बिशिष्ट आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रममा उपस्थित बिभिन्न वक्ताहरुको आतिथ्य रहेको थियो ।

प्रमुख अतिथिको आशनबाट बोल्नु हुँदै नगर प्रमूख थापाले जील्लाकै दुरदराजमा रहेको पुनर्वास क्षेत्र राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडीको उदगम बिन्दु भएको बताउनुभयो । एउटै वडामा धेरै दर्ता भएका नभएका सबै क्लबहरुलाई मर्ज गरि अनुशासित र दक्ष फुटबल खेलाडीको छनौट गरि एउटा वडामा एउटामात्र क्लब बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले फुटबल खेलको बिकासका लागि नगरपालिका र आफ्नो तर्फबाट गर्न सक्ने सहयोगका लागि तत्पर रहेको पनि बताउनुभयो ।

बुधबारबाट भदौ २८ गते सम्म सञ्चालन हुने सो फुटबल खेलमा पुनर्वास नगर्पालिका अन्तर्गतका २० वटा फुटबल टिमको सहभागिता रहने आयोजक क्लबका सचिब टेक थापाले बताउनुभयो । खेलमा प्रथम हुनेलाई ८५ हजार नगद र द्वितीय हुने टिमलाई ५५ हजार नगद पुरस्कार ब्यबस्था रहेको सचिब थापाले बताउनुभयो ।

आयोजक क्लवका सचिब टेक थापाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सदस्य रुपेश खरेलले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.