बेलौरीमा नेवा: देय् दबूको २५ औं रजत जयन्ती मनाईयो

हेल्लो समाचारदाता
बेलौरी / १९ भदौ
कंचनपुरको बेलौरीमा नेवा: देय् दबूको २५ औं रजत जयन्ती तथा स्थापन दिवस भव्यताका साथ मनाईएको छ ।

बिहिवार विविध कार्यक्रम गर्दै बेलौरी नगरपालिका-७ स्थित शिद्धबाबा मन्दिरको सभाहलमा नेवा: देय् दबूको २५ औं स्थापना दिवस मनाईएको हो ।

नेवा: देय् दबू समन्वय समिती बेलौरीको आयोजनामा भएको कार्यक्रममा नेवा: देय् दबू बेलौरीका अध्यक्ष ओमप्रकाश श्रेष्ठको सभापतित्व तथा नेवा: देय् दबूका केन्द्रीय कार्यसमिति सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष एककुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । भने बिशिस्ट आतिथ्यमा बेलौरी नगरपालिका-७ का वडाध्यक्ष तथा नेवा: देय् दबूका जिल्ला उपाध्यक्ष प्रकाश श्रेष्ठ रहनुभएको थियो ।

सो कार्यक्रममा बदलिँदो परिवेशमा नेवार समुदायको भेषभुषा,संस्कृति र रितिरिवाजको संरक्षणका साथै नेवार समुदायको हकहितको विषयमा बिस्तृत छलफल भएको थियो ।

भैरव देव गुठीका सदस्य प्रशान्त श्रेष्ठको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमितिकी सदस्य गंगा माया श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.