डिप ट्युबेल निर्माणले पर्यटकीय बन्धाताल संरक्षणमा सहज

हरिलाल जोशी
बेलौरी / १७ भदौ
कञ्चनपुरको बेलौरी नगरपालिका–३,स्थित पर्यटकीय बन्धाताल मत्स्य पालन क्षेत्रमा डिप ट्युबेल सञ्चालनमा आएको छ ।
मंगलबार एक अनौपचारिक कार्यक्रमको आयोजना गदै बन्धाताल मत्स्य पालन क्षेत्रमा निर्मार्ण गरिएको डिप ट्युबेलको उद्घाटन गरि सञ्चालनमा ल्याएको हो ।
उद्घाटन भएको डिप ट्युबेल आर्थिक वर्ष २०७५÷०७६ अन्तर्गत भुमिगत जलश्रोत विकास समिति धनगढी, कैलाली र बेलौरी नगरपालिकाको सहयोगमा निर्मार्ण भएको हो ।
सो डिप ट्युबेलका लागि भुमिगत जलश्रोत विकास समिति धनगढीले पहिलो चरण र दास्रो चरण गरि ११ लाख १७ हजार छ सय अन्ठानब्बे रुपैया र बिद्युतिय ट्रान्सफर्मर सहयोग प्राप्त गरेको थियो भने बेलौरी नगरपालिकाबाट एक लाख ७१ ह्जार १ सय छयालिस रुपिँया आर्थिकका साथै टिओडी मिटर र आवश्यक पर्ने उपकरणहरु सहयोग भएको बन्धाताल जल उपभोक्ता समितिका अध्यक्ष सोवरन रानाले जानकारी दिए ।
सञ्चालनमा आएको डिप ट्युबेलले ताल वरपरका ६० बिघा र बन्धातालमा रहेको २६ बिघा जमिनमा सिचाई गरिने बन्धाताल जल उपभोक्ता समितिका अध्यक्ष रानाले बताए । उनले भने बन्धातालको २६ बिघा जमिनमा करिब दश दिनको समयमा ताल जलमग्न हुने हुँदा ताल संरक्षण लगायत ताल नजिकका सवै किसानलाई डिप ट्युबेलले ठुलो राहत मिल्नेछ ।
बन्धाताल जल उपभोक्ता समितिका अध्यक्ष सोवरन रानाको सभाध्यक्ष तथा सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य माननीय कुलविर चौधरीको प्रमूख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा विभिन्न वक्ताहरु अतिथिमा आसिन थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.