बझाङमा खोलाले बगाएर एकजना बेपत्ता

हेल्लो समाचारदाता

बझाङ, भदौ १८ । बझाङको बुंगल नगरपालिका–४ का ३६ वर्षीय दलवीरे काकीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो बुंगल नगरपालीका भएर बग्ने सानीगाड खालाले बगाएर कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर ४ र ५ को सिमानामा पर्ने साउकाभडा भन्ने ठाँउबाट कार्की खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी चौकी बुंगलको प्रहरी टोली र स्थानीय उनको खोजी कार्यमा लागिपरेका छन् । तर अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.