पुनर्वासमा भएको महिला भलिबल खेलमा ९ वर्षिया सिमाको टिम विजयी

हरिलाल जोशी
पुनर्वास / पुनर्वास कञ्चनपुरको पुनर्वासमा भएको महिला भलिबल खेलमा ९ वर्षिया सिमा साउँदको टिम विजयी भएको छ ।

पुनर्वास नगरपालिका अन्तर्गतका कालिका बजार व्यवस्थापन समिति आई.बी.आर.डी. र प्रतिभानगर बजार ब्यवस्थापन समिति टाउनले आयोजना गरेको तिज विशेष महिला भलिबल प्रतियोगितामा गौरी शंकर माध्यामिक विद्यालयले खेलको उपाधीे हात पारेको हो ।

                                                                        नौ वर्षियाा भलिबल खेलाडी सिमा साउँद

सोमबार छुट्टाछुट्टै दुई स्थानमा सञ्चालन भएको फाईनल खेलहरुमा प्रथम स्थान हासिल गरि ९ वर्षिया सिमा साउँदले आफ्नो टिमलाई अग्रपंक्तिमा पु¥याएकी हुन् ।
नौ वर्षिया सिमा साँउद पुनर्वास नगरपालिका–५ स्थित गौरी शंकर माध्यामिक विद्यालयकोे कक्षा ४ मा अध्ययनरत छात्रा हुन् । सानै उमेरमा भलिबलमा उत्कृष्ट खेलाडी रहेकी नौ वर्षिया सिमा साँउद पुनर्वासकै कान्छी भलिबल खेलाडी भएको सो विद्यालयका शिक्षकहरुले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.