कञ्चनपुरमा जन्मिएको अनौँठो शिशुको मृत्यु

हेल्लो समाचारदाता

कञ्चनपुर, १५ भदौ ।

कञ्चनपुरमा गत बिहीबार जन्मिएको अनौँठो शिशुको शनिबार साँझ मृत्यु भएको छ ।

बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीया महिलाले आँखा नखुलेको मुख ठूलो, कान फरक, खुट्टा लगायत पुरै शरिरको बनावट फरक भएको बच्चा जन्माएकी थिईन् ।

उनले गर्भअवस्थामा चिकित्सकलाई देखाउँदा बच्चा राम्रो रहेको बताएपनि जन्मदा अनौँठो बच्चा जन्मिएको बताइन् । अस्पताल लैजाँदै गर्दा बाटोमै जन्मेको बच्चाको ११ सय ग्राम तौल रहेको थियो ।

अनौठो बच्चा जन्मेपछि आफन्तलगायत गाउँले त्रसित र अचम्मित भएका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.