पुनर्वासको प्रतिभानगरमा तिज बिशेष कार्यक्रमको उद्घाटन

हरिलाल जोशी

पुनर्वास/ १३भदौ

कञ्चनपुरको पुनर्वास नगरपालिका–६, स्थित प्रतिभानगरको खुल्ला मञ्चमा तिज बिशेष कार्यक्रमको उद्घाटन भएको छ ।

शुक्रबार हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा प्रतिभानगर बजार ब्यवस्थापन समितिको आयोजनामा तिज बिशेष कार्यक्रमको उद्धघाटन भएको हो ।

पुनर्वास नगरपालिकाकी नगर उपप्रमूख शारदा बिष्ट धामीको प्रमूख आतिथ्य रहेको कार्यक्रममा पुनर्वास नगरपालिका–६, का वडा अध्यक्ष मनबहादुर गुरुङको बिशिष्ट आतिथ्य रहेको थियो । त्यस्तै पुनर्वास नगरपालिका–५का अध्यक्ष बिरबहादुर बोगटी सहित अन्य विभिन्न समाजसेवी ,बुद्धिजीवि व्यक्तित्वहरु अतिथिमा आसिन रहनुभएको थियो ।

प्रमूख अतिथिको तर्फबाट बोल्नु हुँदै नगर उपप्रमूख धामीले सम्पूर्ण नेपाली दिदिबहिनीहरुमा हरितालिका तिजको शुभकामना व्यक्त गर्नुको साथै आफ्नो स्वास्थ्यको ख्याल राखी यसपालिको तिजलाई सभ्य र भव्य तरिकाले मनाउन हुन पनि आग्रह गर्नुभएको थियो ।

शुक्रबार देखि भदौ १६ गते सम्म हुने सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम र विविध खेलकुदहरुको आयोजना हुने बजार ब्यवस्थापन समितिका अध्यक्ष अमित रोकायाले बताउनुभयो । प्रतिभानगर बजार ब्यवस्थापन समितिका अध्यक्ष अमित रोकायाको सभाध्यक्षमा भएको सो कार्यक्रमको सञ्चालन समितिका सचिव कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.